विराटनगरका उद्योगी ‘गल्फ फुड एक्स्पो–२०२३’ मा सहभागि, युएईमा नेपोलीटाना पास्तानुडल्सको फस्ट लन्च

विराटनगरका उद्योगी ‘गल्फ फुड एक्स्पो–२०२३’ मा सहभागि, युएईमा नेपोलीटाना पास्तानुडल्सको फस्ट लन्च

विराटनगर । विराटनगरका तीन उद्योगी संयुक्त अरब इमिरेट्स (युएई) को खाद्य तथा पेय प्रदर्शनीमा सहभागी भएका छन् । नेपालमा उत्पादित नुडल्सको स्टलसहित उनीहरु गल्फ फुड एक्स्पो–२०२३ मा सहभागि भएका हुन् ।

एसियन थाई फुड्स, एसियन बिस्कुट एन्ड कन्फेक्सनरी र गुडलाइफ बेभरेज गरी तीन उद्योगले आ–आफ्ना स्टल राखेर सहभागी भएका हुन् । दुबईको अलमुस्ताकवाल प्लाजामा भइरहेको एक्स्पोमा एशियन थाई फुड्सले उत्पादन गरेको नेपोलीटाना पास्तानुडल्सको फस्ट लन्च समेत गरिएको छ ।

युएईका लागि नेपालका राजदूत कृष्णप्रसाद ढकालले नेपालबाट प्रतिनिधित्व तीन वटै उद्योगको स्टलको उदघाटन गरेका थिए । त्यहि अवसरमा एसियन थाई फुड्सले उत्पादन गरेको नौलो खाद्यसामग्री नेपोलीटाना पास्तानुडल्सको पनि फस्ट लन्च दुबईमा गरिएको हो ।

‘एक सातापछि नै नेपालमा नापोलीटाना पास्तानुडल्सको बजारीकरण सुरु गरिने छ । त्यस अगाडी नै यसको लन्च दुबईमा गरिएको हो । पास्ता र नुडल्सको मिश्रित स्वरूप र स्वादमा एशियन थाई फुड्सले नयाँ खाद्यवस्तु उत्पादन गरेको सञ्चालक महेश जाजुले जानकारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्