विराटनगर । विराटनगरमा एकिकृत नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
विराटनगर महानगरपालिकाको आयोजनामा विराटनगर– १० मा शुक्रबार नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न भएको हो ।
शिविरमा करिब एक सय ९१ जना बिरामीले स्वास्थ्य जाँच गराएका थिए ।
शिविरमा फिजिसियन , डेन्टल, बालरोग, फार्मेसी सेवा साथै गाइनोको सेवा प्रदान गरिएको आधारभुत स्वास्थ्य केन्द्र विराटनगर १० को स्वास्थ्य संस्था प्रमुख अस्मिता रेग्मीले जानकारी दिइन् ।
उनका अनुसार विराटनगर महानगरपालिका भित्रका १९ वटै वडामा सञ्चालन गरिदै आइरहेको छ ।