सातै प्रदेशमा एकै साथ भव्य आध्यात्मिक चेतना यात्रा

<span class='c1'>सातै प्रदेशमा एकै साथ</span> <span class='c2'>भव्य आध्यात्मिक चेतना यात्रा</span>

काठमाडौं । जगतगुरु तत्वदर्शी सन्त रामपालजी महाराजको सान्निध्यमा सातै प्रदेशमा एकै साथ भव्य आध्यात्मिक चेतना यात्रा निकालिएको छ ।

शुक्रबार उनका अनुयायीद्वारा पूर्णब्रह्म कबीर उपासक समाज नेपालको आयोजनामा काठमाडौं, पोखरा, बेनी, बिर्तामोड, विराटनगर, इनरुवा, राजविराज, सिरहा, मलंगवा, गौर, कलैया, बिरगंज, हेटौंडा, नारायणघाट, परासी, भैरहवा, तौलिहवा, घोराही सुर्खेत, नेपालगन्ज, गुलरिया, धनगढी गरी नेपालका सात वटै प्रदेशका २२ वटा जिल्लाहरुमा एकै साथ देशव्यापी रुपमा आध्यात्मिक चेतना एवं सतगुरु शोभा यात्रा निकालिएको हो ।

यहि फाल्गुन १८,१९ र २० गते सतलोक आश्रम धनुषामा आदरणीय सन्त गरीबदास जी महाराजको बोध दिवसको उपलक्ष्यमा हुन गईरहेको विशाल भण्डारा,रक्तदान,दाइजो रहित विवाह कार्यक्रमको सार्वजनिक रुपमा सम्पुर्ण देशवासीलाई निमन्त्रणा दिने तथा विकृतिहरुले ग्रस्त वर्तमान समाजमा आध्यात्मिक ज्ञानको चेतना जगाई समाजलाई कुलत, दाइजो प्रथा, बली प्रथा, अन्धविश्वास, पाखण्ड्वाद जस्ता सामाजिक विकृतिहरुबाट मुक्त गर्ने उद्देश्यले यो शोभा यात्रा निकालिएको कुरा सन्त रामपालजी महाराजका एक अनुयायीले जानकारी दिए । स्वच्छ,सभ्य समाज निर्माण गरी धरतीलाई स्वर्ग बनाउन सन्त रामपाल जी महाराज तथा उनका अनुयायीहरु दिनरात प्रयत्नशील रहेको अनुयायीले बताए ।

विभिन्न जिल्लाका सदरमुकाममास्थित नामदान केन्द्रहरुबाट सुरु भएको उक्त शोभा यात्रा विभिन्न प्रशासनिक निकायका प्रमुख लगायत प्रमुख जिल्ला अधिकारीलाई निमन्त्रणा दिएर समापन भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्