जिफन्ट प्रदेश १ को युवा अध्यक्षमा भलि सुब्बा

जिफन्ट प्रदेश १ को युवा अध्यक्षमा भलि सुब्बा

विराटनगर । नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) प्रदेश १ को अध्यक्षमा भली सुब्बा निर्विरोध निर्वाचित भएकी छिन्

विराटनगरमा शनिबार भएको अधिवेशनबाट अध्यक्षमा सुब्बा निर्विरोध निर्वाचित भएकी हुन् ।

उनी राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल विराटनगर महानगर कमिटिको सचिब पनि हुन् । नवनिर्वाचित अध्यक्ष भली सुब्बाले युवाहरुको क्षमता अभिवृद्धीमा क्रियाशिल भएर लागि पर्ने बताइन् ।

यस्तै युवा कमिटिको उपाध्यक्षमा कृष्ण चौधरी, सचिबमा मन्टु राम, सहसचिबमा विजय प्रधान रहेक छन् । यस्तै सदस्यहरुमा अजय कुमार राय, मो समिर, अनिता चौधरी, विराज सुवेदी, दिपेन्द्र कार्की, उर्मीला तिम्सिना रहेका छन् ।

अधिवेशनबाट महिला कमिटिको अध्यक्षमा डोमा गिरी राई भएकी छिन् । उपाध्यक्षमासीता देवी उप्रेती र सचिबमा सायद तबसुम रहेकी छिन् । यस्तै सदस्यहरुमा समला राजवंशी, गीता खड्का, रोहिल चौधरी, रीता घिमिरे, भुनादेवी खतिवडा, यमुना काफ्ले र लक्ष्मी घिमिरे रहेकी छिन् ।

कार्यक्रमको प्रथम अतिथि केन्द्रीय जिफन्टको केन्द्रीय अध्यक्ष विनोद श्रेष्ठ रहेका थिए भने कार्यक्रममा महिला कमिटिको केन्द्रीय अध्यक्ष सीता लामा, प्रदेश १ अध्यक्ष किशोार धमलालगायतको उपस्थीति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्