विराटनगरमा वाईपीजी फेलोशिप शुरु

विराटनगरमा वाईपीजी फेलोशिप शुरु

विराटनगर । विकल्प एन अल्टरनेटिभ र पोखरा रिसर्च सेन्टरको संयुक्त आयोजना तथा अमेरिकी दुतावास काठमाडौँको सहयोगमा योजना गरिएको "युथ इन पोलिसी एण्ड गभर्नेन्स फेलोसिप कार्यक्रम" प्रदेश १ को विराटनगरमा शनिबारदेखि शुरु भएको छ ।

२० देखी ३० वर्षका युवाहरुलाई कानुन तथा सार्वजनीक निति निर्माणमा सहभागी गराई प्रदेश संरचनालाई बलियो बनाउन सहयोग गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजक विकल्प एन अल्टरनेटिभका संस्थापक वसन्त अधिकारीले बताए ।

कार्यक्रमको उदघाटन प्रमुख अतिथि प्रदेश १ का सभामुख बाबुराम गौतमले गरेका थिए। कार्यक्रममा विशिष्ठ अतिथि प्रदेश १ की उपसभामुख सृजना दनुवार तथा विशिष्ठ अतिथि प्रदेश सभा सचिवालयका सचिव गोपाल प्रसाद पराजुली, सभापतिको रुपमा विकल्प एन अल्टरनेटिभका अध्यक्ष डा भेष प्रसाद धमलाले आशन ग्रहण गरेका थिए ।

कार्यक्रममा आयोजकको तर्फबाट विकल्प एन अल्टरनेटिभका संस्थापक तथा निर्देशक वसन्त अधिकारीले स्वागत मन्तव्य सहित उपस्थित तथा सहभागी सबैलाई स्वागत गरेका थिए । पोखराको रिसर्च सेन्टरका संस्थापक तथा कार्यकारी निर्देशक सुजन रेग्मीले कार्यक्रमको बारेमा प्रष्ट्याएका थिए । उद्घाटन समारोहमा बोल्दै प्रदेश सभा सचिवालय सचिव गोपाल प्रसाद पराजुलीले कार्यक्रमले युवा तथा प्रदेश सांसदहरुलाई सहकार्य गराएर नीति निर्माणमा सहभागी गराउने उद्देश्य राखेको यस कार्यक्रम अत्यन्त राम्रो रहेको र यसले निकट भविष्यमै सकारात्मक नतिजा दिनेमा ढुक्क रहेको बताए ।

विशिष्ठ अतिथि प्रदेश १ की उपसभामुख सृजना दनुवारले प्रदेश सरकारलाई नै सहयोग पुर्याउने उद्धेश्य साथ प्रदेश १ लाई सम्वृद्धि बनाउनको लागि आर्थिक ,सामाजिक तथा राजनैतिक क्षेत्रमा योजनावद्ध ढंगले कार्यक्रम बढाउन खोजिएकोमा धन्यवाद दिएकी थिइन् । उर्जाशील तथा क्षमाताशील युवाहरु विदेश पलायन हुनु पर्ने बाध्यतालाई उदृत गर्दै दनुवारले सरकारले युवाहरुलाई देशमै रोजगार सृजना गर्ने वातावरण सृजना गर्ने योजना बनाउन नसके अझ धेरै युवाहरु पलायन हुन सक्ने कुरामा चिन्ता व्यक्त पनि गरेकी थिइन् ।

प्रमुख अतिथि प्रदेश १ का सभामुख बाबुराम गौतमले विश्व आज हरेक कुरामा अगाडी बढि रहदा हाम्रो देश अशिक्षा तथा गरिबीको समस्यामा जुझिरहेको बताए । यस अवस्थामा प्रदेश १ तथा समग्र देशलाई समृद्ध बनाउनको लागि यहाँका प्रत्येक नागरिकको भूमिका महत्वपुर्ण रहेकोमा युवाहरुको भूमिकाले झन् धेरै महत्व राख्ने गौतमले प्रष्ट पारेका थिए ।

गौतमले अन्त्यमा सहभागीहरुलाई कार्यक्रममा सहभागी जनाउने मात्र नभएर प्रदेशलाई समृद्ध बनाउने योजनाको बारेमा पनि गम्भीर भएर लाग्न अनुरोध गर्दै सहभागीलाइ शुभकामना दिएका थिए ।

युथ इन पोलिसी एंड गभर्नेन्स फेलोसिप पोखरा रिर्सच सेन्टरको पहलमा सन् २०२० देखिसुरु गरीएको कार्यक्रम हो । सन् २०२० मा सुरु गर्दा यसलाई “Pre-professionals Parliamentary Support Program Fellowship” अर्थात पुर्व ब्यबसायिक संसदीय सहयोग कार्यक्रमको नाममा सुरु गरिएको थियो भने सन् २०२३ देखि पुन: ब्राण्डिङ्ग गरेर यसको नाम युथ इन पोलिसी एंड गभर्नेन्स फेलोसिप (YPG Fellowship) राखिएको हो । सन् २०२०-२१ मा पहिलो पटक गण्डकी प्रदेशमा यो फेलोसिपको आयोजना पोखरा रिसर्च सेन्टरले अमेरिकी दुतावास काठमाडौँको सहयोगमा संचालन गरे पश्चात सन् २०२१-२२ मा कर्णाली प्रदेशमामा दुतावासकै सहयोगमा ऋति फाउन्डेसन सँगको सहकार्यमा संचालन भएको थियो भने गण्डकी प्रदेशमा नेसनल ईण्डोमेण्ट फर डेमोक्रेसीको सहयोगमा संचालन गरिएको थियो । २०२२-२३मा प्रदेश १ मा पहिलो पटक यो कार्यक्रम शनिबारदेखि संचालन भई रहेको छ ।

यस फेलोसिपका लागि २० देखि ३० वर्षका कम्तीमा स्नातक तहमा अध्ययन गरिरहेका तथा सम्बन्धित प्रदेशमा कम्तीमा १ वर्ष देखी बसोबास गर्दै आएका नेपाली नागरिकले आवेदन दिन पाउछन् । आवेदकहरु मध्येबाट सुरुको चरणमा ५० जना लाई छनौट गरी पहिलो तहको तालिम दिईन्छ जसबाट २५ जनालाई छनौट गरि दोस्रो तहको तालिम दिइन्छ । अन्तिम चरणमा १२ जनालाई छनौट गरि तेस्रो तहको तालिम पश्चात प्रदेश सभाका सदस्यहरुसँग ज्ञान सहयोगीका रुपमा ६ महिना काम गराइन्छ । तालिमका क्रममा युवाहरुले सार्वजनिक नीति निर्माण, सुसाशन, सरकारको संरचना, अनुसन्धान आदिका बारेमा प्रशिक्षण प्राप्त गर्ने छन् । वाईपिजी फेलोहरुको भूमिका,वाईपिजी फेलोसिपले सहभागी युवाहरुलाई प्रदेश सभाका सदस्यहरुसंग २६ हप्तासम्म सहयोगी भएर काम गर्ने अवसर प्रदान गर्ने छ । फेलोसिपको क्रममा, फेलोहरुले विभिन्न क्षेत्रहरुबाट आएका व्यावसायिक व्यक्तिहरुसंगका बैठकहरुमा सहभागी भई प्रदेशको नीति निर्माण तथा विकासका विषयको ज्ञान प्राप्त गर्ने छन्।

फेलोहरुले प्रदेश सभा सदस्यहरु सगँ विधेयकका बारेमा अध्ययन अनुसन्धान गर्ने, सभामा गर्ने प्रश्नहरु,नीति सम्बन्धी छलफलहरु आदिका बारेमा अध्ययन गरी आफुलाइ तोकिएको प्रदेश सभा सदस्यलाई जानकारी गराउने छन् । केही प्रदेश सभा सदस्यहरुले आफ्ना वाईपिजी फेलोलाई आफ्नो निर्वाचन क्षेत्रसंग सम्बन्धित कार्यहरु (निर्वाचन क्षेत्रको भ्रमण) पनि गराउन सक्छ । त्यसलाई कसरी गर्ने भन्ने जिम्मा भने प्रदेश सभा सदस्य र फेलोबिच भएको सहमती अनुरुप नै हुनेछ । फेलोको अध्ययन तथा अनुसन्धानले मुख्यतः बहुआयामिक मुद्दाहरु जस्तै सार्वजनिक सेवाको संम्प्रेषण,सुशासन, वातावरणका मुद्दाहरु, अर्थतन्त्र र विदेश नीतिहरुमा विशेष ध्यान दिनुपर्नेछ । अध्ययन गर्ने विषयहरु देहाय बमोजिम हुने छन्।

संसदीय प्रक्रियाका बारेमा अध्ययन-अनुसन्धान तथ्यांकहरुको विश्लेषण नीतिसँग संम्बन्धित मुद्दाहरु बनाउन मद्दत छलफल तथा मिडियाका कार्यक्रमका लागि पृष्ठभूमिको अध्ययन संसदको उप–समितिहरुका लागी छलफल गर्न विषयवस्तुको अध्ययनमा सहयोग प्रेस विज्ञप्ती, टिभी अन्तर्वार्ताक लागी तयारी जस्ता मिडिया सम्बन्धी कार्य निर्वाचन क्षेत्र सम्बन्धी अध्ययन आदिका बारेमा प्रशिक्षण प्राप्त गर्ने छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्