विराटनगरको गुरुकुलबाट दश विद्यार्थी दिक्षित

<span class='c1'>विराटनगरको गुरुकुलबाट दश</span> <span class='c2'>विद्यार्थी दिक्षित</span>

विराटनगर । आरोहण-गुरुकुल विराटनगरबाट नाट्य प्रशिक्षण लिएका १० विद्यार्थी दिक्षित भएका छन् ।

नेपाली रङ्गमञ्चको अग्रणी संस्था आरोहण-गुरुकुलले सञ्चालन गरेको २ वर्ष अवधिको आवासीय रङ्गमञ्चीय कला कार्यक्रममा सहभागी भएका विद्यार्थीलाई आइतबार हाटखोलास्थित सुशीला कोइराला नाटकघरमा एक समारोहकाबीच प्रमाणपत्र प्रदान गरिएको हो ।

नेपाली रंगमञ्चलाई व्यवसायिक बनाउने र गुरुकुल परम्परा अनुसार नाट्य अध्यापन गराउने गरेको आरोहणले २०७६ देखि कक्षा सञ्चालन गरेको थियो ।
अभिनय, संगीत, दृश्य कलासँगै रङ्गमञ्चका आधारभूत तत्वहरु, निर्देशन, रङ्गमञ्च र राजनीति, कचहरी नाटक लगायतबारे प्रशिक्षण लिई विद्यार्थीहरुले विभिन्न १० वटा नाटकमा काम गरेका थिए ।

७ नाट्य कार्यशाला, २ राष्ट्रिय तथा एक अन्तर्राष्ट्रिय र २ वटा विद्यालय नाटक महोत्सवमा विभिन्न जिम्मेवारी लिएर काम गरेका उनिहरुले अनेकौं सडक नाटकमा पनि अभिनय गरेका थिए । दिक्षित हुनेहरुमा भरत कार्की, विकास पराजुली, देवेन्द्र यादव, अशोक गौतम, रविन चिमरिया, सागर विश्वास, समिक्षा दाहाल, प्रदिप दाहाल, अजय सुवेदी र राजेश ठाकुर छन् ।

४ दशक बढी समयदेखि दर्जनौँ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय महोत्सव, सयौँ नाटक मञ्चन गरेको आरोहणले काठमाडौं र विराटनगर शाखा मार्फत आवासीय कक्षा सञ्चालन गरेर ६० भन्दा धेरै रंगकर्मी उत्पादन गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्