विराटनगर–१५ मा घरमा लुकाएर राखेको कपडा बरामद

विराटनगर–१५ मा घरमा लुकाएर राखेको कपडा बरामद

विराटनगर । बिराटनगर महानगरपालिका–१२ र १५ बाट प्रहरीले अवैध रुपमा भारतबाट भित्र्याएको कपडा बरामद गरेको छ । वडा प्रहरी कार्यालय बिराटनगरबाट खटिएको प्रहरी गस्ति टोलीले बिराटनगर–१२ पान्चाली स्थितमा चेकजाँचको क्रममा २७६ पिस कुर्था र ११ पिस लेगिज बरामद गरेको हो ।

यसैगरी बिराटनगर–१५ निवासी पुजा कुमारी साहको घरमा अबैध कपडा लुकाई राखेको भन्ने बिशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले उनको घरमा खानतलासी गर्दा ४४८ पिस लेडिज टप्स बरामद गरेको हो ।

बरामद गरिएका करिव ३ लाख २५ हजार मुल्य बरावरका कपडाहरु आवश्यक कारवाहीको लागि बिराटनगर भन्सार कार्यालयमा बुझाईएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्