किड्स भिलेज स्कुल मनायो वार्षिकोत्सव

<span class='c1'>किड्स भिलेज स्कुल</span> <span class='c2'>मनायो वार्षिकोत्सव</span>

विराटनगर । विराटनगर-५ स्थित किड्स भिलेज स्कुलले दसौं वार्षिकोत्सव तथा फन फेस्टिवल मनाएको छ।

आइतबार स्कुलले एक हजार ५ सय जनाको उपस्थितिमा दसौं वार्षिकोत्सव तथा फन फेस्टिवल मनाएको हो।

परम्परागत एवं आधुनिक जिवन शैली, आर्य संस्कृति, फलफूल तथा सागसब्जीबाट बनाइएको विभिन्न , कागज र प्लास्टिकका रिसाइकल सामाग्री , तारामंडल, नवीकरणीय स्रोतहरू, होलोग्राम, विभिन्न खेलकुदहरू जस्तै हिट द टार्गेट, लक्की ड्र लगायतको स्टलहरुमा अभिभावकहरूको उपस्थिति र सहभागिता रहेको थियो।

बिजेताहरूले पुरस्कारका साथै 'सेल्फी जोन' मा पारिवारिक फोटो खिच्न पाउने व्यवस्था पनि गरिएको थियो। सांस्कृतिक कार्यक्रममा अभिभावकहरूको अत्याधिक धेरै रुचि देखियो । बालबालिकाहरुले संगीत नृत्य र गायनका माध्यमबाट आफ्ना अभिभावकहरुलाई मन्त्रमुग्ध पारेका थिए ।

यस्ता किसिमको कार्यक्रमले बालबालिका भित्र लुकेर रहेको प्रतिभालाई प्रस्फुटन गराउन मद्दत गर्नुका साथै पारस्परिक सम्बन्ध र सदभाव बढाउन मद्दत गर्ने कार्यक्रमका प्रमुख अतिथि खेम नेपालीले बताए ।

कार्यक्रमले बालबालिकाहरूको आत्मविश्वास बढाउनुका साथै अनुभवी र क्षमतावान् बनाउने स्कुलका अध्यक्ष मदन खतिवडाले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्