सहकारीको रकम अपचलन गरेको आरोपमा व्यवस्थापक पक्राउ

सहकारीको रकम अपचलन गरेको आरोपमा व्यवस्थापक पक्राउ

विराटनगर । सहकारीको रकम अपचलन गरेको आरोपमा कटहरी–२ को नव आदर्श बचत तथा ऋण सहकारी संस्थाका व्यवस्थापक उमेश मण्डललाई प्रहरीले पक्राउ गरेको छ । सहकारीका व्यवस्थापक मण्डललाई पक्राउ गरेर घटनाको अनुसन्धान सुरु गरिएको हो ।

मोरङका प्रहरी नायव उपरीक्षक टिकाबहादुर कार्कीले आर्थिक हिनामिना भएको भन्ने जानकारीका आधारमा उनलाई पक्राउ गरेर अभद्र व्यवहार मुद्दामा म्याद थप भईरहेको जानकारी दिएका छन् । सञ्चालककै आग्रहमा मण्डललाई पक्राउ गरिएको थियो । उनले एक करोड हाराहारीको रकम अपचलन गरेको आरोप छ ।

सहकारीका अध्यक्ष किशोरकुमार पाण्डेले आर्थिक अपचलन भएको आशंकामा सहकारीले आन्तरिक छानविन गरिरहेको बताएका छन् । तत्काल व्यवस्थापक मण्डल भाग्न सक्ने सम्भावना देखिएपछि प्रहरीसँग आग्रह गरेर नियन्त्रणमा लिइएको हो । उनले के कति रकम अपचलन गरेका छन् भन्ने विषय सञ्चालकले आन्तरिक छानविन समितिमार्फत अध्ययन गरिरहेको छ । अनुसन्धानको प्रतिवेदन आएपछि त्यसका आधारमा उनी विरुद्ध मुद्दा चलाईने छ ।

प्रहरी नायव उपरीक्षक कार्कीले सञ्चालकले अपचलन गरेको रकम खुलाउँदै उजुरी दिएपछि उनको अभद्र व्यवहार मुद्दा कन्भर्ट गरिने छ । व्यवस्थापकले आर्थिक अपचलन गरेको तथ्यसहितको प्रतिवेदन सञ्चालकसँग मागिएको छ ।

व्यवस्थापकले रकम अपचलन गरेपनि शेयर सदस्य र बचतकर्ताको रकम सुरक्षित रहेको दावी गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्