कवाडीमा बिक्रीका लागि राखिएका बेड र स्ट्रेचर रंगरोगन गरेर पुनः प्रयोगमा

कवाडीमा बिक्रीका लागि राखिएका बेड र स्ट्रेचर रंगरोगन गरेर पुनः प्रयोगमा

विराटनगर । कोसी अस्पताल विराटनगरमा कवाडीमा बिक्री गर्न बाहिर निकालिएका स्टिलका सामाग्री मर्मत गरेर पुनः प्रयोगमा ल्याइएको छ । पुराना संरचना भत्काउँदा त्यहाँ भित्र रहेका स्टिलका बेड, नर्सिङ्ग स्टेसन, स्ट्रेचर लगायतका सामाग्री मर्मत गरेर प्रयोगमा फर्काइएको हो ।

अस्पताल विकास समितिका सदस्य मुकेश बुढाथोकीका अनुसार नयाँ खरिद गर्दा १९ हजा रुपैँया पर्ने बेड कवाडीमा गणना गरिएको थियो । तर, ५० वटा बेड र २२ वटा स्ट्रेचरलाई रंगरोगन गरेर पुनः प्रयोगमा ल्याइएको छ । कतै टुटेको भए त्यसलाई वेल्डिङ गरेर जोडिएका छ । सामान्य मात्रै त्रुटी देखिएका स्टिलका सामाग्री अस्पतालको अर्थो विभाग बाहिर राखिएको थियो । जसलाई कवाडीमा मूल्यांकन गरेर बिक्री गर्ने तयारी भईरहेको थियो ।

विकास समिति सदस्य बुढाथोकीले अब टेबुल र दराजलाई समेत मर्मत गरेर प्रयोगमा ल्याईने छ । मर्मत गरेर प्रयोगमा ल्याउँदै अझै पाँच सातवर्षसम्म धान्न सक्ने सामाग्री कवाडीमा बिक्री गर्दा नयाँ खरिद गर्नुपर्ने हुन्थ्यो । अस्पतालले बेड मर्मतका लागि इटहरीको एलबिटी इन्टरप्राइजेजलाई ठेक्का दिएको थियो । कम्पनीले प्रतिबेड ३ हजार ३०० का दरमा मर्मत गरेको हो ।

विरामी राख्न प्रयोग गरिने सामान्य बेडलाई न्यूनतम १५ हजार रुपैयाँ पर्छ । बिरामीको चाप बढिरहेका कारण फालिएका बेडलाई मर्मत गरेर पुनः प्रयोगमा ल्याईने मेडिकल सुपरिटेन्डेन्ट डा. रविनराज सिंहले जानकारी दिएका छन् । ३५० बेडको कोसी अस्पतालमा करिब चार सय बेड राखिएका छन् । अस्पताललाई पाँच सय बेडमा स्तरोन्नतीका लागि सर्भे गरिसकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्