बुढीगंगामा दुर्घटना हुँदा दुई जनाको मृत्यु, अझै पहिचान खुलेन

<span class='c1'>बुढीगंगामा दुर्घटना हुँदा दुई जनाको</span> <span class='c2'>मृत्यु, अझै पहिचान खुलेन</span>

विराटनगर । मोटर साईकल दुर्घटना हुँदा मृत्यु भएको दुईजनाको अझै पहिचान खुल्न सकेको छैन ।

बुढीगंगा गाउँपालिका ४ मा मोटर साईकल दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीको अनुसार सोमबार बिहान करिब ९ बजे बुढीगंगा गाउँपालिका ४ स्थित दक्षिणबाट उत्तर तर्फ जाँदै गरेको बा ६३ प ७२७ नम्बरको मोटरसाईकल अनियन्त्रित भई बिजुलीको पोलमा ठक्कर खाई दुर्घटना हुँदा मोटरसाईकल चालक र पछाडी सवार दुवै जनाको मृत्यु भएको थियो । जसको अझैसम्म पहिचान नखुलेको प्रहरीले जनाएको छ।

प्रहरीले दिएको जानकारी अनुसार मोटरसाइकल चालकको उमेर अन्दाजी ३०/३४ बर्षको पुरुष र अन्दाजी ४ फिट ५.४ ईन्च उचाई रहेको साथै उनले निलो र पहेलो कलरको ट्राकसुट लगाएको छन् ।

पछाडी सवार उमेर अन्दाजी २८/२९ बर्षको पुरुष अन्दाजी ४ फिट ५ ईन्च उचाई रहेको र उनले कालो जम्पर लगाएको प्रहरीले जानकारी दिए ।

दुवैजनाको विराट टिचिङ अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । मृतकहरुको पहिचान नखुले पछि कोशी अस्पतालको शव गृहमा राखिएको अस्पताल प्रशासनले जनाएको छ ।

मृतक दुवैजनाको पहिचान नखुलेपछि आफन्तले जिल्ला प्रहरी कार्यालय मोरङको ९८४२०३८३४४ मा सम्पर्क गर्न समेत प्रहरीले अनुरोध गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्