विराटनगरमा जारी अन्तर स्कुल हव लिग क्रिकेट : सत्यनारायण र पोखरीया स्कुल विजयी

<span class='c1'>विराटनगरमा जारी अन्तर स्कुल हव लिग क्रिकेट</span> <span class='c2'>: सत्यनारायण र पोखरीया स्कुल विजयी</span>

विराटनगर । नेपाल क्रिकेट फाउन्डेसनको आयोजनामा विराटनगर-६ केशलिया पुल नजिक रहेको मेल्वन विराटनगर ज्वाला क्रिकेट मैदानमा सोमबार भएको अन्तर स्कुल हव लिग क्रिकेट प्रतियोगितामा सत्यनारायण स्कुल र पोखरीया स्कुल विजयी भएका छन् ।

पहिलो खेलमा सत्यनारायण स्कुलले विनायक स्कुललाई १ सय ६२ रनको विशाल अन्तरले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ । सत्यनारायणले समुह ए को तीनै खेल जित्दै सेमिफाइनलमा प्रवेश गरेको हो । विनायकले तीनमा २ मा हार र एक मा जित हात पारे पछि प्रतियोगिताबाट बाहिरिएको छ । । टस जितेर ब्याटिङ गरेको सत्यनारायणले निर्धारित २५ ओभरमा ९ विकेट गुमाई २ सय १६ रनको विहाल स्कोर खडा गरेको थियो । जस्मा साइमन कामतले ४३ रन बनाउँदा दिपक यादवले ३५ रन र सोनू सिंहले ३० रन बनाएका थिए । विनायकका रेहान अलीले ३ विकेट लिँदा प्रवेश पासवान र शिभम पासवाले समान २-२ विकेट लिए ।

२ सय १७ रनको विशाल लक्ष्य पाएको विनायकले १४ दशमलव १ बलमै सवै विकेट गुमाउँदै ५४ रनमा सिमित भयो । जस्मा प्रल्लाद यादवले १२ रन जोड्दा कृष साहले पनि १२ रन जोडे । सत्यनारायणका म्यान अफ द म्याच राजा मण्डलले ३ दशमलव १ बलमा किफायती बलिङ गर्दै ७ रन दिएर ५ विकेट दिए । त्यस्तै अमर यादवले २ विकेट लिए ।

सोमबारै भएको समुह वि कोे खेलमा पोखरीयाले राइजिङ नेपाल स्कूललाई ९० रनले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ । पोखरीयाले दुई खेलमा २ मा जित र १ मा पराजित भएको छ भने राइजिङले १ मा जित र २ मा पराजित हुँदै प्रतियोगिताबाट बाहिरेको छ । टस जितेर ब्याटिङ गरेको पोखरीयाले निर्धारित २५ ओभरमा ८ विकेट गुमाई १ सय ४४ रनको स्कोर खडा गरेको थियो । जस्मा कृष्ण देवले ३३ बलमा आक्रामक ब्याटिङ गर्दै ४ छक्का र ७ चौका प्रहार गर्दै ६५ रन बनाउँदा अविशेक यादवले २३ रन बनाए । राइजिङका महमद साहिल, राहुल राँय र महमद जावेदले २-२ विकेट दिए ।

१ सय ४५ रनको विजयी लक्ष्य पछ्याएको राइजिङले १४ दशमलव १ बलमा सवै विकेट गुमाई ५४ रनमा सिमित भयो । जस्मा महमद शम्शेरले २६ रन जोड्दा बायन अलीले १४ रन जोडे । पोखरीयाका म्यान अफ द म्याच विशाल यादवले ४ ओभरमा १७ रन दिएर ६ विकेट लिँदा प्रेम मण्डलले २ विकेट लिए ।

लिगकम नकआउटको आधारमा खेलाइने प्रतियोगितामा विराटनगरमा ८ वटा निजि तथा सामुदायिक स्कूल सहभागि रहेको नेपाल क्रिकेट फाउण्डेसनका अध्यक्ष अविशेक श्रेष्ठले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्