विराटनगरबाट स्रोत नखुलेको भारतीय रकम सहित ३ जना पक्राउ

विराटनगरबाट स्रोत नखुलेको भारतीय रकम सहित ३ जना पक्राउ

विराटनगर । विराटनगर महानगरपालिका-९ चुलाचुली मार्ग स्थितबाट स्रोत नखुलेको भारतीय रकम सहित तिन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

सोमबार दिउँसो ४ बजे १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगर (आरआइटी) समुहबाट खटिएको प्रहरी टोलीले मोरङ जहदा गाउँपालिका-७ का २६ बर्षीय रमेश कुमार मण्डल, २२ बर्षीय धर्मेन्द्र कुमार मण्डल र कटहरी गाउँपालिका- ३ का ३० बर्षीय नबि हुसेनलाई पक्राउ गरेको हो।

शंकास्पत अवस्थामा फेला पारी चेकजाँच गर्दा उनीहरुको साथबाट एक लाख त्रियासी हजार ७ सय ५० रुपैया भारतीय रकम फेला पारी परेको थियो ।

पक्राउ परेका उनीहरुको सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्