बुढीगंगामा दुर्घटना भई मृत्यु हुनेको पहिचान खुल्यो

बुढीगंगामा दुर्घटना भई मृत्यु हुनेको पहिचान खुल्यो

विराटनगर । मोरङको बुढीगंगा गाउँपालिका-४ कोशी लोकमार्गमा मोटरसाईकल दुर्घटना हुँदा मृत्यु भएको दुईजनाको पहिचान खुलेको छ ।

मृत्यु हुनेमा मोटरसाईकल चालक सप्तरी सप्तकोशी गाउँपालिका- १ का १९ बर्षीय निसान चौधरी र पछाडी सवार सुनसरी रामधुनी नगरपालिका- ९ का १६ बर्षीय समिर चौधरी रहेका छन् ।

सोमबार बिहान ९ बजे दक्षिणबाट उत्तर तर्फ जाँदै गरेको बा ६३ प ७२७ नम्बरको मोटरसाईकल आफै अनियन्त्रित भई बिजुलीको पोलमा ठोक्किन पुक्दा घाईते भएका दुबै जनाको उपचारको क्रममा विराट टिचिङ अस्पताल गंगाचौकमा मृत्यु भएको ईलाका प्रहरी कार्यालय निमुवाले जनाएको छ ।

घटना बारेमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्