विराटनगरमा फुकाईदैछ पोलमा थुप्रिएको तारको गुजुल्टो

विराटनगरमा फुकाईदैछ पोलमा थुप्रिएको तारको गुजुल्टो

विराटनगर । विराटनगरको ट्राफिक चौकमा मंगलबार बिहानदेखि एउटा पोल आसपास ठूलो भीड लाग्यो । काम थियो, पोलमा जथाभावी जेलिएको तार व्यवस्थापन गर्ने ।

महानगरपालिकाले विराटनगरलाई सौन्दर्यकरण गर्ने योजना अनुसार जथाभावी पोलमा गुजुल्टिएको तार हटाउन इन्टरनेट कम्पनी र केवल सञ्चालकहरुलाई यस अगाडी नै आग्रह गरेर सुचना निकालेको थियो ।
महानगरपालिकाको तार व्यवस्थापन गर्न मंगलबारदेखि आईटी, नगर प्रहरी, बिद्युतका कर्मचारी परिचालन गरिएको छ । यसको नेतृत्व गर्ने जिम्मेवारी कम्प्यूटर अपरेटर त्रिभुषण गिरीलाई दिइएको थियो ।

गिरीका अनुसार एउटा पोलमा जेलिएको तार निकाल्न सारा शक्ति लगाउँदा एक दिन लाग्ने अवस्था देखियो । विराटनगरमा ११ वटा इन्टरनेट प्रदायक संस्था र तीनवटा केवुल कम्पनीका तार जथाभावी टाँगिएका कारण शहरको मुहार कुरुप छ ।

कम्पनी आफैंलाई हटाउन महानगरले आग्रह गरेको छ । यदि नहटाएमा काटेर हटाउन गरेको छ । गिरीका अनुसार एक पटक टाँगिएको तारमा कुनै समस्या आएर नयाँ लगाउनु परे पुरानो त्यसै छोडिएको छ । नयाँ पनि जथाभावी टाँगिएको छ । पोलमा लगेर गजुल्टो पारेर थुपारिएको तार सुव्यवस्थित बनाउने काम महानगरले सुरु गरेको हो ।

तार व्यवस्थापनसँगै अब कम्पनीले आफ्नो तारमा ट्याग लगाउनु पर्ने नियम लगाइएको छ । कुन कम्पनीको तार हो भन्ने चिन्नका लागि अनिवार्य ट्याग लगाउन निर्देशन दिइएको छ । तारलाई व्यवस्थित नबनाए महानगरले पोलमा टाङ्न नदिने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्