विराटनगर । पहिचानको पक्षमा उभिएको नेकपा माओवादी केन्द्र प्रदेशको नामाकरणको सन्दर्भमा कोसीमा समर्थ जनाउने भएको छ ।
कोसीको पक्षमा मतदान गर्ने निर्णय माओवादी केन्द्रको रहेको प्रदेश १ सांसद गणेश उप्रेतीले जानकारी दिए । उप्रेती माओवादी केन्द्रको तर्फबाट सांसद हुन् ।
मतदाताले पहिचानको पक्षमा मत नखसालेको र जनताको मतले नै पहिचान छोडेको तर्क दिदै उनले पहिचानको पक्षमा १३ प्रतिशत मात्रै मत रहेको बताए ।
यसअघि माओवादी केन्द्रले पहिचानसहितको छुट्टै नाम प्रस्ताव गर्ने तयारी गरेको भए पनि संसदीय दलको बैठकले कोसीको पक्षमा मतदान गर्ने निर्णय गरेको उप्रेतीले बताए ।
फोटो:फाइल