विराटनगरको गुरुकुलमा नाच्दैछन् ‘राजा’ र ‘साँढे’

<span class='c1'>विराटनगरको गुरुकुलमा नाच्दैछन्</span> <span class='c2'>‘राजा’ र ‘साँढे’</span>

विराटनगर । गत सोमबारदेखि शुरु भएको साँढे नाटक मञ्चन जारी छ ।

हाटखोलास्थित सुशीला कोइराला नाटकघरमा फागुन १९ गतेसम्म दैनिक साँझ ५ः३० बजे नाटक मञ्चन भइरहेको हो ।

साहित्यकार भिमनिधि तिवारीद्धारा लिखित उक्त नाटकको निर्देशन अशोक गौतमले गरेका हुन् । कक्षा १२ को अनिवार्य अंग्रेजीको विषयसूचीमा समावेश उक्त नाटकमा भरत कार्की, विकास पराजुली, देवेन्द्र यादव, प्रज्वल दुलाल, सागर विश्वास, समिक्षा दाहाल, रविन चिमरिया, प्रदिप दाहाल, अजय सुवेदीले अभिनय गरेका छन् ।

यस्तै दिक्षा चौधरी, अमन धमला, सुगल अधिकारी, कञ्चन दास, निरज कार्कीले पनि अभिनय गरेका छन् । क्रुर शासक र सोझा जनताबीचको तनाव र संघर्षको कथा नाटकमा छ । नाटकमा राजाको प्रिय साँढे मर्दा प्रजामा फैलिएको त्रास र बाँच्न लगाएको जुक्तिको कथा छ ।

दुई सय वर्षअघिको हाम्रो समाजको मनोविज्ञान बोल्दै गर्दा उक्त नाटकले विद्रोहको झल्को पनि दिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्