किराँत र लिम्बुवान जात होइन सभ्यता हो : राजेन्द्र राई

किराँत र लिम्बुवान जात होइन सभ्यता हो : राजेन्द्र राई

विराटनगर । नेकपा एकीकृत समाजवादीका संसदीय दलका नेता एवम् पूर्व मुख्यमन्त्री राजेन्द्रकुमार राईले जनतालाई दिएको प्रतिबद्धता प्रति इमानदार नभएको बताएका छन् ।

राईले आज प्रदेशसभा बैठकमा किराँत, लिम्बुवान, सगरमाथा नाम प्रस्ताव राख्दै यस्तो बताएका हुन् ।

जनतासँग भोट माग्दा पहिचानका पक्षमा टेकेर भोट माग्ने, आन्दोलनका लागि मर्नु र मर्न लगाउने प्रदेशको नाम माग्द कन्चुस्याइ गरेको भन्दै उनले जनतालाई दिएको वचन प्रति नेताहरू इमानदार नभएको आरोप लगाएका छन् ।

उनले प्रदेशको नाम जनताको चाहाना र माग रहेको बताउदै साझा सरोकार र जनताको विषय भएकाले सहमतिमा जोड दिए ।

किराँत लिम्बुवान सगरमाथा जनता र सांसदको धारणा रहेको बताउदै उनले सगरमाथाले प्रकृती सम्पदा छुने बताउदै उनेले आफूले प्रस्ताव राखेको नामले सांसद र जनताको भावना नछुट्ने बताउदै उनले भने;" यो नाम उपयुक्त छ ।"

उनले किराँत लिम्बुवान जात नभएर सभ्यता रहेको बताए ।

फोटो:फाइल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्