सौन्दर्यकर्मी युनियनद्धारा दुई सञ्चारकर्मीसहित ५ जना सम्मानित

सौन्दर्यकर्मी युनियनद्धारा दुई सञ्चारकर्मीसहित ५ जना सम्मानित

विराटनगर । राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल महानगर कमिटिले विराटनगरका दुई सञ्चारकर्मी सहित ५ जनालाई सम्मान गरेको छ ।

राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल विराटनगरको चौथो अधिवेशनको अवसरमा विराटनगरलाई कार्य क्षेत्र बनाएर काम गर्दै आएका सञ्चारकर्मीद्धय प्रेम देवान र अनिल श्रेष्ठलाई सम्मान गरेको हो ।

नेपाल आदिवासी जनजाती पत्रकार महासंघ प्रदेश नम्बर १ का कोषाध्यक्ष तथा आवर विराटनगरका सञ्चारकर्मी प्रेम देवानले विगत २०७५ सालदेखी सौन्दर्यकर्मीहरुको हकहितमा रही समाजमा सकारत्मक पक्षबारे कलम चलाउदै आएको प्रति उच्च मुल्याङकन गर्दै सम्मान गरिएको हो ।

त्यसैगरी नेपाल पत्रकार महासंघ मोरङका सह-सचिव तथा ब्लाष्ट दैनिकका सञ्चारकर्मी अनिल श्रेष्ठलाई सम्मान गरिएको हो । सोही अवसरमा राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपालका केन्द्रीय उपाध्यक्ष ललिता धिमाल, केन्द्रीय सदस्य गंगा तामाङ्ग, प्रदेश इन्चार्ज सायदा तमसुम, सचिब कला डाँगी र महानगर कमिटिकी कोषाध्यक्ष मन्दिरा भट्टराईलाई सम्मान गरिएको थियो । चौथो अधिवेशनको अवसरमा सौन्दर्यकर्मीहरुको स्वास्थ्य उपचारको निम्ती स्वास्थ्य विमा उपचार कोष समेत खडा गरिएको छ ।

राष्ट्रिय सौन्दर्यकर्मी युनियनमा आवद्ध सदस्यरुको लागी परिआएको खण्डमा स्वास्थ्य विमा गरिने नावुन महानगरकी पुर्व सचिव तथा वर्तमान अध्यक्ष भली सुब्बाले जानकारी दिनुभयो ।

कोषमा जम्मा गरिएको रकम जिफन्ट प्रदेश १ का अध्यक्ष किशोर धमाललाई हस्तान्तण गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्