विराटनगर । जसपा संसदीय दलका नेता एवम प्रदेश १ कि स्वास्थमन्त्री निर्मला तावाले पहिचानलाई सति पठाइएको बताएकी छिन् ।
उनले नामाकरणको विषयमा छलफलको क्रममा रुँदै यस्तो बताएकी हुन् ।
उनले बहुपहिचानको आधारमा हस्ताक्षर गर्दै गर्दा आफू सति जादैछु भन्ने थाहा भएको बताउदै उनले आफू कोशीमा बहुमतले पारित हुँदै गर्दा गोलि थाप्न सहज हुने बताइन् ।
आफ्नो व्यक्तिगत जीवनलाई भुलेर लामो समय पहिचानको आन्दोलनमा होमिनु समय व्यर्थ फालेको झैं लागेको बताइन् ।
"मेरो पनि व्यक्तिगत जीवन थियो होला पहिचानको आधारमा हिँड्दै गर्दा व्यर्थ समय बर्बाद भए जस्तो लाग्यो ।" उनले भनिन" ६१/६२ हजार मत बेकाम रहेछ ।"
उनले आन्दोलनको समय गोलि थापेर ज्यान गुमाउने सहिदको सम्झना आइरहेको बताउदै उनले आफू माथी विभेद भएको समेत बताइन् ।
उनले एक नम्बर प्रदेशको जनताले दिएको मतले पनि जनाइसकेको बताउदै उनले भनिन" जनता पहिचानको पक्षमा छैन भन्ने थाहाथियो,अति गार्हो भएको छ,चित्तो दुख्ने रहेछ ।"