विराटनगरको कलेज रोडमा फ्रि–वाइफाइ जोन

<span class='c1'>विराटनगरको कलेज रोडमा</span> <span class='c2'>फ्रि–वाइफाइ जोन</span>

विराटनगर । विराटनगर महानगरपालिका ९ स्थित कलेज रोडलाई फ्रि–वाइफाइ जोन बनाईएको छ।

उपभोक्ता समिति र हाम्रो समाजले सौन्दर्यीकरण परियोजना सञ्चालन गरिरहेको विराटनगरको कलेज रोड फ्रि-वाइफाइ जोन बनाईएको हो ।

विराटनगर महानगरपालिकाले सौन्दर्यीकरण परियोजना सञ्चालन गरिरहेको हिमालयन रोडमा यस भन्दा अगाडि नै वर्ल्डलिकंको फ्रि-वाइफाइ जोन बनाएको थियो।

कलेज रोडको सुरुवातदेखि अन्तिम चोकसम्म पूर्ण उच्च सिग्नलका साथ नि:शुल्क वाइफ़ाइ चलाउन सकिने र मोबाइल सेवा प्रदायकहरुले ५० रुपैया लिदै आएको ५०० एमबी डाटा हरेक २४ घण्टामा हरेक सर्वसाधारणले नि:शुल्क चलाउन सक्ने वर्ल्डलिंक कम्युनिकेसन्सका शाखा प्रमुख सुरज दाहालले जानकारी दिए।

राष्ट्रिय झण्डा प्रेरक भनाइहरु र लाइट्ले इभिनिङ्ग पार्कको कन्सेप्टमा सौन्दर्यकरण गरिएको कलेज रोडमा हाम्रो समाज नामक सामाजिक संस्था र कलेज रोड उपभोक्ता समितिको सहकार्यमा वर्ल्डलिंक कम्युनिकेसन्सले नि:शुल्क वाइफाई प्रदान गर्न लागेको हो। योसगै यात्री , स्थानीय जनसमुदाय र घुम्न आउने सबै नेपालीलाई सहयोग पुग्ने हाम्रो समाजका अध्यक्ष अनुप सापकोटाले बताए।

विराटनगरमा ३०० भन्दा धेरै स्थानमा निःशुल्क वाईफाई हटस्प्टमार्फत सेवा वर्ल्डलिंकले दिँदै आएको छ । अब कलेज रोडमा कम्पनीका ग्राहकहरुले ‘माई वर्ल्डलिंक’ एसएसआइडीमा कनेक्ट गरेर अनलिमिटेड इन्टरनेट चलाउन सक्नेछन् । अन्य प्रयोगकर्ताले दैनिक ५०० एमबीसम्म डाटा निःशुल्क चलाउन पाउने कम्पनीले जनाएको छ । वर्ल्डलिंक वाईफाई मोबिलिटीको सुविधा उपयोग गर्ने ग्राहकहरुले डाटामा गर्ने खर्च बचाउनुको साथै उच्च गतिको इन्टरनेट चलाउन सक्ने बताइएको छ ।

वर्ल्डलिंकका ग्राहकहरुले‘माईवर्ल्डलिंक ’ वाइफाई हट्स्पट आफ्नो मोबाइल एपमार्फत युजर नेम र एकाउण्टको पासवर्ड राखेर कनेक्ट गर्न सक्ने छन्। अथवा एकपटक कनेक्ट गरेको छ भने कलेज रोडमा वाइफाइ अन गर्ने बितिकै चल्न थाल्छ । अरु प्रयोगकर्ताले ‘फ्रि वल्र्डलिंक वाईफाइ’ मा मोबाइल नम्बर रजिष्टर गरेर कनेक्ट गर्न सक्ने व्यवस्था रहेको कम्पनीले जनाएको छ ।

अहिले उक्त स्थानमा आमसर्वसाधरणहरु टिकटकदेखी फोटो खिच्नेको भिड लाग्ने गर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्