विराटनगर । प्रदेशको नामाकरण भएको खुशीयालीमा आज सार्वजनिक बिदा दिइएको छ ।
नामाकरण भएको खुशीयालीमा आज कोशी प्रदेशमा सार्वजनिक बिदा दिइएको हो।
मन्त्रिपरिषद्को बुधबारको निर्णयअनुसार प्रदेशमा बिहीबार सार्वजनिक बिदा दिने निर्णय भएको प्रदेशका सचिव उमेश बस्नेतले बताए।
बुधबार नै प्रदेश सभाले दुई तिहाई बहुमतका साथ नाम टुंगो लगाएको थियो।