विराटनगरका उद्योगी राउत उदयपुर उद्योग वाणिज्य संघको अध्यक्षमा सर्वसम्मत

विराटनगरका उद्योगी राउत उदयपुर उद्योग वाणिज्य संघको अध्यक्षमा सर्वसम्मत

विराटनगर । विराटनगरका उद्योगी राजेन्द्र राृत उदयपुर उद्योग वाणिज्य संघको अध्यक्षमा चयन भएका छन् । संघको १६ औं विशेष साधारणसभा तथा अधिवेशनले राउतको अध्यक्षतामा २१ सदस्यिय नयाँ कार्यसमिति चयन गरेको हो ।

नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य तथा प्रदेश १ का वरिष्ठ उपाध्यक्ष राउतलाई सर्वसम्मत अध्यक्षमा चयन गरिएको थियो । नयाँ कार्यसमितिको सचिवको जिम्मेवारी जिवनाथ दाहालले पाएका छन् ।

हलले चयन गरेका सर्वसम्मत सदस्यहरुमा अरुण कुमार साह , महेन्द्रलाल दास , मुना कुमारी कटुवाल , जमानसिंह वस्नेत , रामकुमार चौधरी , रुदबहादुर खत्री , द्वारिका वस्नेत , शंकरबहादुर कटुवाल रहेका छन् । त्यसैगरी वंशिधर न्यौपाने , एकलाख हुसेन , आनन्द कुमार महासेठ ,प्रताप श्रेष्ठ , शैलेस कार्की , पदमराज कायस्थ , शत्रुधन कार्की , मोहन कुमार कार्की,  नुडुल हसन , दिनेश्वर साह  र निर्मला कार्की पनि सदस्यमा चयन भएका छन् ।

संघको बन्द सत्रले संसोधन सहितको विधानको मस्यौदा पारित गरेको छ । पारित विधान अनुसार संघलाई चलायमान बनाउँदै लैजाने नव निर्वाचित अध्यक्ष राउतले बताएका छन् । गएको फागुन १ मा संघको १६ औं साधारण सभाको उदघाटन समारोह सम्पन्न भएको थियो । त्यसपछी भएको बन्द सत्रले नयाँ कार्यसमिति चयन गर्न सकेको थिएन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्