विराटनगरमा नगर बस सञ्चालनका लागि रुट परीक्षण

<span class='c1'>विराटनगरमा नगर बस सञ्चालनका</span> <span class='c2'>लागि रुट परीक्षण</span>

विराटनगर । विराटनगरमा सञ्चालनमा ल्याउन लागिएको नगर बसका लागि प्रारम्भिक चरणको रुट परीक्षण (ट्रायल) गरिएको छ ।
महानगरको सडक र मोडहरुमा कति क्षमताका बस सञ्चालन गर्नु उपर्युक्त हुन्छ भन्ने जानकारी लिन रुट परीक्षण गरिएको हो ।

महानगर कार्यबाहक प्रमुख शिल्पा निराला कार्कीले बिहीबार दुईवटा बसबाट महानगरका विभिन्न रुटमा परीक्षण गरेकी हुन् । कार्यबाहक प्रमुख कार्की र प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइराला बसमा आफैं चढेर रुटको परीक्षण गरेका थिए ।

महानगरले सिटी बस सञ्चालनका लागि कार्यपालिका बैठकबाट निर्णय गरिसकेको छ । लगानी बोर्डको सौजन्यमा महानगरले सिटी बस सञ्चालन गर्न लागिएको उनको भनाइ थियो । “कुन–कुन रुटमा कति साइज र क्षमताको बस सञ्चालन गर्न सहज हुन्छ भनेर जानकारी लिन हामीले रुट ट्रायल गरेका हौं,” कार्कीले भनिन्, “ट्रायल सकिएपछि दुई–तीन महिनाभित्रै हामी नगर बस सञ्चालनमा ल्याउनेछौं ।”

ज्येष्ठ नागरिक र अपाङ्गताले निःशुल्क आवागमन गर्न पाउनेछन् । महिला र विद्यार्थीलाई सहुलियत दिने र अन्यलाई पनि न्यून शुल्क लिएर सेवा दिने कार्यबाहक मेयर कार्कीले जानकारी गराइन् । बस वातानुकुलित सुविधासहितको हुने महानगरले जनाएको छ ।

महानगरले मिलन चोक, ढाट, केशलियालगायत विभिन्न रुटबाट बस सञ्चालन गर्ने तयारी गरेको छ । सर्वसाधारणको सहज आवागमनको उद्देश्यसहित महानगरले सिटी बस सञ्चालन गर्न लागेको हो । प्रारम्भिक चरणमा १९ वटा सिटी बस सञ्चालनको तयारी रहेको कार्कीले बताइन् ।

निजी क्षेत्र र लगानी बोर्डसँगको साझेदारीमा नगर बस सञ्चालनको प्रक्रिया अन्तिम चरणम पुगेको प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाले बताए

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्