विराटनगरमा मिस्टर एण्ड मिस पुर्वाञ्चल नेपालको फाईनल हुने

<span class='c1'>विराटनगरमा मिस्टर एण्ड मिस</span> <span class='c2'>पुर्वाञ्चल नेपालको फाईनल हुने</span>

विराटनगर । रोनक फेसन एजेन्सीले गर्न लागेको मिस्टर एण्ड मिस पुर्वाञ्चल नेपालको फाईनल फागुन २० गते विराटनगरमा हुने भएको छ ।

रोनक फेसन एजेन्सीले विराटनगरमा बिहीबार पत्रकार सम्मेलनको आयोजना गरी यही फागुन २० गते विराटनगरको सिटी प्यालेसमा फाईनल हुने जनाएको हो।

फाईनल प्रतिस्प्रधामा मिस्टर पुर्वाञ्चलका लागि १० र मिस पुर्वाञ्चलका लागि १४ जनाले प्रतिस्पर्धा गर्ने छन् । आयोजक संस्थाका अध्यक्ष रोनक अग्रवालले विराटनगरमा हुने यो फेसन शो अन्तर्राष्ट्रिय स्तरको हुने बताए ।

उनले यो प्रतियोगितामा उपाधी हासिल गर्नेले अन्तर्राष्ट्रिय स्तरको शोमा प्रवेश गर्न मौका पाउने उल्लेख गरे । अग्रवालले भारतको मेगा ईन्टरटेडमेन्टसंगको सहकार्यमा हुने यो शोले प्रतियोगीलाई फरक पहिचान प्रदान गर्ने बताए ।

मेगा ईन्टरटेडमेन्ट भारतका अध्यक्ष अभिजित सिन्हाले मिस्टर एण्ड मिस पुर्वाञ्चल नेपालका प्रतिस्पर्धीहरुले विराटनगरलाई विश्वमा चिनाउन सफल हुने बताए ।

अहिले प्रतिस्प्रधीहरुलाई आन्तरिक कक्षाहरु संचालन गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्