विराटनगर । कोशी अस्पताल विराटनगरमा एमालेको मिसन ग्रासरुट अन्तर्गत फूल रोपिएको छ । अस्पताल परिसरको गाईनो वार्ड पेरिफेरीमा हरियाली बनाउने उद्देश्यले फुलबारी व्यवस्थापन गरिएको हो ।
अभियान अन्तर्गत अस्पताल विकास समितिको आग्रहमा अनेस्वास्ववियु महेन्द्र मोरङ क्याम्पस इकाईको टोलि, राष्ट्रिय युवा संघ जिल्लाको टोलि खटिएको हो ।
अस्पताल सरसफाई अभियानमा विराटनगर–७ का वडाअध्यक्ष मधुबाबु तिवारीको समेत उपस्थिति रहेको थियो । अस्पताल विकास समितिका सदस्य मुकेश बुढाथोकीका अनुसार कसरी सुन्दर र सफा राख्न सकिन्न भन्ने उद्देश्यले सरसफाईलाई प्राथमिकतामा राखिएको छ । फोहोरमुक्त अस्पताल बनाउने उद्देश्यका लागि सरसफाई कार्यक्रममा निरन्तरता दिइएको हो ।