विराटनगरमा ‘प्रथम हव इन्टर स्कुल महिला क्रिकेट’ प्रतियोगिता हुने

<span class='c1'>विराटनगरमा ‘प्रथम हव इन्टर स्कुल</span> <span class='c2'>महिला क्रिकेट’ प्रतियोगिता हुने</span>

विराटनगर । विराटनगरमा फागुन २० गतेबाट प्रथम विराटनगर हव इन्टर स्कुल महिला क्रिकेट प्रतियोगिता हुने भएको छ ।

नेपाल क्रिकेट फाउन्डेसनको आयोजनामा म्यारिलिबोन क्रिकेट फाउन्डेसन र क्रिकेट विथआउट बाउन्ड्रीको सहयोगमा विराटनगरमा पहिलो पटक इन्टर महिला क्रिकेट प्रतियोगिता हुन लागेको हो।

आयोजक समितिले विराटनगरमा शुक्रबार पत्रकार सम्मेलन गरी लिगको आधारमा १५ ओभरको इन्टर महिला त्रिकेट प्रतियोगिता हुन लागेको जानकारी गराएको छ । फागुन २० देखि २२ गतेसम्म विराटनगर ६ केशलिया रोडमा रहेको ज्वाला क्रिकेट खेलमैदानमा हुन लागेको फाउन्डेशनका अध्यक्ष अभिषेक श्रेष्ठले जानकारी दिए ।

तीन दिनसम्म संचालन हुने प्रतियोगितामा विराटनगर र मोरङको जहदा गाउँपालिका भित्र रहेका ६ वटा सामुदायिक विद्यालयका महिला खेलाडीहरुले भाग लिनेछन् । जसमा विराटनगरमा रहेको आर्दश, बालिका, महेन्द्र, सरस्वती, सत्यनारयण र जहदामा रहेको लक्ष्मी माविले प्रतियोगितामा भाग लिने उनले बताए।

प्रथम विराटनगर हव इन्टर महिला त्रिकेट प्रतियोगिताको प्रवद्र्धन विराटनगर महानगरपालिकाले गर्ने छ । प्रतियोगितामा सहभागि हुने टिमलाई कुनै पनि शुल्क लाग्ने छैन । प्रतियोगितामा बेस्ट ब्याटर, बेस्ट बलर, प्लेयर अफ द स्कोर, बेस्ट विकेट किपर, इम्याजिङ्ग प्लेयरलाई फाउन्डेसनले एक वर्षको छात्रवृत्ति प्रदान गर्ने भएको छ । प्रतियोगिता सम्पन्न गर्न करिब १ लाख ५० हजार रुपैयाँ खर्च हुने आयोजकले अपेक्षा राखेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्