विराटनगरको महेन्द्र मोरङ क्याम्पसमा स्ववियु निर्वाचन चहलपहल बढ्दै

<span class='c1'>विराटनगरको महेन्द्र मोरङ क्याम्पसमा</span> <span class='c2'>स्ववियु निर्वाचन चहलपहल बढ्दै</span>

सुजता लिम्बु
विराटनगर । विद्यार्थीहरुको साझा संस्था स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनको सगर्मी महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसमा पनि बढेको छ । देशभरका क्याम्पसमा निर्वाचनको घोषणा भएसँगै यतिबेला महेन्द्र मोरङका विद्यार्थी नेताहरु स्ववियु निर्वाचनको तयारीमा जुटेका छन् ।

सामूहिक भेला, बैठकदेखि विभिन्न कार्यक्रमको आयोजना गर्दै निर्वाचनको तयारीमा जुटेका विद्यार्थीहरुका लागि सिंगो क्याम्पसको नेतृत्व पंक्तिमा कसलाई  उभयाउने भन्ने चर्चाको विषय बनेको छ । क्याम्पसको आन्तरिक समस्या र राजनीतिक खिच्चातानीको चेपुवामा परेको स्ववियु निर्वाचन २०६५ साल देखि भएको छैन । लामो समय स्ववियु निर्वाचन न हुँदा  विद्यार्थी नेतृत्व बिहीन अवस्थामा रहेको स्ववियु निर्वाचनका लागि सभापतिमा आकांक्षी विद्यार्थी नेताहरु बताउँछन् । यसले गर्दा क्याम्पसको प्रशासनिक, भौतिक साथै शैक्षिक क्षेत्रमा सुधार हुनुपर्नेमा भन्दा पनि खस्कदै गएको उनीहरुको आरोप छ ।

के भन्छन् विद्यार्थीहरु ?

स्ववियु निर्वाचनको आन्तरिक तयारी भइरहेको अनेरास्ववियुका जिल्ला कमिटी सह–सचिव नविन पहाडी बताउँछन् । उनी स्ववियु निर्वाचनका लागि अनेरास्ववियुको तर्फबाट क्याम्पस सभापतिका प्रवल आकांक्षी पनि हुन् । निर्वाचनमा मात्रै नभएर अन्य समय पनि विद्यार्थीको समस्याहरुको हल गर्दै आइरहेको बताउने उनी लामो समय देखि स्ववियु निर्वाचन हुन नसक्दा विद्यार्थीहरु नेतृत्वबिहीन भएको तर्क गर्दछन् । माथिल्लो निकायमा हुने राजनीतिक दलहरुको खिचातानी र टसलका कारण लामो समयसम्म स्ववियु निर्वाचन हुन नसकेको उनको बुझाई छ ।
‘लामो समयसम्म स्ववियु निर्वाचन नहुनुको मेरो व्यक्तिगत धारणा माथिल्लो निकायका राजनीतिक दलहरुमा हुने खिचातानी, टसलका कारण हो,’ उनी भन्छन्,‘कहिले उमेर हदबन्दीको नाममा निर्वाचनलाई टार्ने त कहिले भागबण्डा नियुक्ति लगायतले हो ।’

विश्वविद्यालय अन्तर्गत रहको क्याम्पसमा स्ववियु निर्वाचन नहुँदा क्यम्पसको विद्यार्थीहरुको समस्या ओझेलमा परेको बताउदै उनले क्याम्पस प्रशासन पनि गलत हिसाबले दिनदिनै बढेर गएको हुँदा नकारात्मक मेसेज फैलिएको भनाई थियो । क्याम्पसभित्रका नकारात्मक गतिविधि अन्त्य गर्नुपनि आफू स्ववियु निर्वाचनका लागि अनेरास्ववियुको तर्फबाट सभापतिको आकांक्षी रहेको उनले बताए ।

यस्तै एकीकृत समाजवादी निकट अनेरास्ववियूका जिल्ला सचिव निर्मल भण्डारीले संगठनले आन्तरिक रुपमा स्ववियु निर्वाचनको तयारी थालेको बताउँछन् । भण्डारी पनि स्ववियु निर्वाचनका लागि सभापतिमा आकांक्षी हुन् । विद्यार्थीहरु माझ आफ्नो कुरा राख्दै क्याम्पसलाई सकारात्मक दिशा तिर लग्ने एजेण्डाका साथ अगाडी बढेको उनी बताउछन् ।

लामो समयसम्म स्ववियु निर्वाचन हुननसक्दा क्याम्पसमा देखिएको प्रशासनिक, भौतिक समस्या साथै विद्यार्थीको समस्यामा आवाज उठाउने नेतृत्व नभएको उनले बताए । स्ववियु निर्वाचन हुन नसक्दा विद्यार्थीको समस्याको समाधान हुन नसक्ने बताउदै उनले भने,‘ त्यसैले विद्यार्थीको समस्या समधानका लागि स्ववियु निर्वाचन अनिवार्य छ ।’

क्याम्पसमा कर्मचारी भित्रका समस्याहरु प्राध्यापकहरुले समयमा नै नपढाउने, अनेक समस्याहरु रहेको बताउदै उनले त्यसको समस्या समाधन गर्न सक्छु भन्ने विश्वासले आफू सभापतिमा आकांक्षी रहेको उनी बताउँछन् । नेविसंघका मोरङ क्याम्पस इकाई सभापति जसवन्त पौडेलले पनि निर्वाचनको आन्तरिक तयारी भईरहको बताए । लामो समयसम्म स्ववियु निर्वाचन नहुँदा नेतृत्व विहिन भएकाले पूर्ण सहयोग र काम गर्न नपाएको उनले बताए ।

‘नेतृत्व बिहीन छ महेन्द्र मोरङ क्याम्पस , विद्यार्थीहरुको माग ठूलो पनि छैन ’ उनले भने, ‘पुस्तक, होस्टेल, खानेपानी लगायतको समस्या ।’
स्ववियुमा आउने नेतृत्वले यसको पूर्ति गर्नुपर्नेमा जोड दिँदै उलने लामो समयसम्म राजनीतिक अस्थिरताले चुनाव हुन नसकेको बताए ।

यस्तै अखिल क्रान्तिकारीका सह-संयोजक रोहीत यादवले क्याम्पसमा विद्यार्थी नेतृत्व बिहीन सामान्य समस्या पनि समाधान हुन नसकेको बताउँछन् । अखिल क्रान्तिकारीको तर्फबाट सभापतिका लागि आकांक्षी रहेको उनले आफूहरुको संगठनले पनि निर्वाचनको तयारीलाई तिव्र रुपमा अगाडी बढाइरहेको बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्