स्ववियु निर्वाचनका लागि महेन्द्र मोरङ क्याम्पसमा दश विद्यार्थी संगठन दर्ता

<span class='c1'>स्ववियु निर्वाचनका लागि महेन्द्र मोरङ</span> <span class='c2'>क्याम्पसमा दश विद्यार्थी संगठन दर्ता</span>

विराटनगर । विराटनगरमा रहेको महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसमा आगामी चैत ५ गते हुन लागेको स्ववियु निर्वाचनको लागि दश संगठन दर्ता गराएका छन् ।

शुक्रबार महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसको निर्वाचन अधिकृतको कार्यालयमा दश संगठनले दल दर्ता गराएका हुन् ।

आगामी चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी यूनियनको निर्वाचनको लागि अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन(अनेरास्ववियु),अखिल (क्रान्तिकारी),नेपाल विद्यार्थी संघ,समाजवादी विद्यार्थी यूनियन,अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन(अनेरास्वीयु), लोकतान्त्रिक विद्यार्थी संघ, अखिल(क्रान्तिकारी),स्वतन्त्र विद्यार्थी मञ्च,विद्यार्थी जनमत संघ,राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनले दर्ता गराएको महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसको निर्वाचन अधिकृत डा शुशिल कुमार अधिकारीले जानकारी दिए। आज दर्ता भएका विद्यार्थी संगठनले मात्र निर्वाचनमा भाग लिन पाउने क्याम्पसको निर्वाचन अधिकृत अधिकारीले बताए ।

यस्तै, निर्वाचन कार्यतालिकाअनुसार विद्यार्थी संगठनले यही फागुन २७ गते बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म समानुपातिक तथा प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता गराउनेछन्।

यस्तै, स्ववियु निर्वाचनका लागि आगामी चैत ५ गते बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म समय तोकिएको तोकिएको छ । देशभरिका त्रिविका ६२ आंगिक र एक हजार ४० सम्बन्धन प्राप्त क्याम्पसमा निर्वाचन हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्