विराटनगर । विराटनगर जेसीज ५० बर्ष पुगेको सुखद उपलक्ष्यमा स्वर्ण जयन्ती जेसीज सप्ताह शनिबारबाट सुरु हुने भएको छ ।
फाल्गुन २० गते शनिवारदेखि फाल्गुन २७ गते शनिवार सम्म विविध कार्यक्रमको आयोजना गरि सप्ताह संचालन हुने भएको हो ।
पहिलो दिन २० गते 'स्वास्थ्यका लागि दौड' नाराका साथ विराटनगर रनको आयोजना गरिने छ । जसमा प्रथम हुनेलाई रु ५ हजार १०० , दोश्रो हुनेलाई रु ३ हजार १०० तेस्रो हुनेलाई रु २ हजार १००का दरले पुरस्कार प्रदान गरिने छ । जसमा बिना कुनै रजिस्ट्रेसन सहभागी हुन पाइने छ भने सहभागीलाई टि-सर्ट जुस र खाजाको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।
त्यस्तै दोस्रो दिन बालमा विराटनगर १४ का विद्यार्थीका लागि व्हाइट बोर्ड तथा शैक्षिक सामाग्री प्रदान गरिने छ । तेस्रो दिन मायाको भोजन तथा आँखा शिविर मानव सेवा आश्रम मा आयोजना गरिने छ । चौथो दिन रङ्गिन होलि तथा विराटनगर जेसीज को ५० औ स्थापना दिवस जेसीज भवन विराटनगरमा सम्पन्न हुने आयोजकले जनाएको छ ।
त्यस्तै ५ औ दिनको कार्यक्रम प्रभावकारी कार्यक्रम संचालन वर्कसप जेसीज भवन विराटनगरमा समपन्न हुने छ भने छैठौ दिनको कार्यक्रम अबको विराटनगर महानगरको सभा हलमा सम्पन्न हुने छ ।
सातौ दिनको कार्यक्रम फाल्गुन २७ गते शनिबार होटल मनास्लु इन बरगाछी मा स्वर्ण जयन्ती जेसीज सप्ताह समापन तथा जेसीज सम्मान कार्यक्रम गर्दै सम्पन्न गरिने जेसीज सप्ताह समापन कार्यक्रमका मुख्य कार्यक्रम संयोजक तुलसी निरौलाले जानकारी दिए ।
विराटनगर जेसीजका अध्यक्ष अभिनास थापाका अनुसार विराटनगर जेसीज ५० बर्ष पुगेको उपलक्ष्यमा आयोजना गर्न लागिएको कार्यक्रम जेसीजको मात्र नभएर समग्र विराटनगरबासीको लागि नै गर्वको कुरा भएको र सम्पुर्ण कार्यक्रममा सहभागी हुन अध्यक्ष थापाले अनुरोध गरे ।
त्यस्तै स्वर्ण जयन्ती बर्ष मुल आयोजक समिती सयोजक विराटनगर जेसीजका पुर्व अध्यक्ष गोपाल गुप्ताका अनुसार स्थापनादेखि नै पहिलो रक्तदान गर्ने संस्था पहिलो मन्टेश्वरी संचालन गर्ने सस्थाका रुपमा परिचित विराटनगर जेसीजले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय नेतृत्वमा विराटनगरलाई पुर्याएको स्मरण गर्दै आगामी पुस्ताका लागि समेत अघिल्लो पुस्ताले गरेका गतिविधिहरुलाई नियाल्दै आगामी दिनमा अघि बढ्नका लागि समेत स्वर्ण जयन्ती बर्ष महत्वपूर्ण हुने बताए ।
पुर्व राष्ट्रिय अध्यक्ष फुल कुमार लालवानीले विराटनगर जेसीजले ३ जना राष्ट्रिय अध्यक्ष , एक जना अन्तर्राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष र एक जना अन्तर्राष्ट्रिय उपाध्यक्ष जन्माउन सफल भएको र आगामी दिनमा विराटनगर जेसीजबाट अन्तर्राष्ट्रिय सम्मको यात्रा तय गर्न स्वर्ण जयन्ती बर्षले प्रेरणा मिल्ने बताए ।