विराटनगरको अर्किड कलेजमा एक दिने विज्ञान प्रर्दशनी

विराटनगरको अर्किड कलेजमा एक दिने विज्ञान प्रर्दशनी

विराटनगर । विराटनगर–१० स्थित अर्किड कलेजमा एक दिने विज्ञान प्रर्दशनी तथा फूड फिस्टाको आयोजना गरिएको छ ।

कलेज परिसरभित्र आज विज्ञान प्रर्दशनी र फूड फिस्टाको गरिएको हो । विद्यार्थीहरूमा भएको प्रतिभा उजागर गर्ने उद्देश्यले एक दिने विज्ञान प्रर्दशनी आयोजना गरिएको कलेजका प्रिन्सिपल दिपेश बास्तोलाले जानकारी दिए ।

कलेजमा कक्षा ११ र १२ मा विज्ञान संकायमा अध्ययनरत विद्यार्थीहरूले विज्ञान प्रर्दशनीमा विभिन्न १० वटा स्टल प्रर्दशनीमा राखेका थिए ।

विद्यार्थीहरूले डीनए मोडेलदेखि लिएर ग्यास डिटेक्टर, जोजर, टेस्ला कोइल लगायतका विज्ञान प्रर्दशनीमा राखेको प्रिन्सिपल बास्तोलाले जानकारी दिए । कलेजमा कक्षा ११ र १२ मा होटेल मेनेजमेन्टमा अध्ययनरत विद्यार्थीहरूले आफुले शिकेका शिपको सदुपयोग गर्दै विभिन्न परिकारको खाना परिकारहरु प्रर्दशनीमा राखेका थिए । सोही अवसरमा अर्किड कलेजका पूर्व विद्यार्थी गायक शुसान्त रेग्मीले गीत गाउँदै विद्यार्थीलगायत शिक्षकहरूलाई नचाएका थिए ।

कार्यक्रममा कलेजले लिएको दोस्रो त्रैमासिक परिक्षामा उत्कृष्ट हुने विद्यार्थीलाई पुरस्कृत तथा सम्मान गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्