विराटनगर । विराटनगरको मेन रोडमा रहेको सेन्ट्रल बजारले चौथो बर्ष पुरा गरी पाँचौ बर्षमा प्रवेश गरेको छ ।
यसैविच सेन्ट्रल बजारले शनिबार एक कार्यक्रम गरी वार्षिकोत्सव भव्य रुपमा मनाएको छ ।
वार्षिकोत्सव अवसर पारेर शनिबार बिहान सेन्ट्रल बजारका कर्मचारीहरुबीच निर्देशक राकेश जैनले केक समेत काटेका थिए ।
वार्षिकोत्सव अवसरमा सेन्ट्रल बजारले आफ्ना ग्राहक वर्गहरुलाई विशेष छुटको व्यवस्था गरेको छ ।
सेन्ट्रल बजारका फ्लोर मेनेजर रवि ठाकुरका अनुसार फागुन २० गतेदेखि २२ गतेसम्मका लागि ग्राहक बर्गहरुलाई विभिन्न सामान खरिद गरे वापत भारी छुटको व्यवस्था गरिएको छ । बार्षिक उत्सवको अवसरमा सेन्ट्रल बजारको खाद्यन्न, ईलोक्ट्रोनिक्स खेलैना,सजावटका सामाग्री र किराना समानमा १० प्रतिशत छुटको व्यवस्था गरेको छ ।
त्यसैगरी लत्ताकपडा लगायत एसोसेरिजहरुमा ५० प्रतिशत, जाडोको लुगामा ४० प्रतिशत छुट र गर्मीको लुगामा २५ प्रतिशतसम्मको छुटको व्यवस्था गरेको हो ।
व्याग,ज्वेलरी,घडी र जुत्तामा २० प्रतिशतको छुट रहेको सेन्ट्रल बजारले जनाएको छ । यसका साथै सेन्ट्रल मल भित्र रहेका अन्य स्टोर तथा पसलहरुले समेत विशेष छुटको व्यवस्था गरेको छ ।
४ बर्ष अगाडी विशाल ग्रुप ,देवनारा ग्रुप र हाइलाइफ ग्रुप र राकेश जैनको संयुक्त लगानीमा विविध व्यापारिक प्रयोजनका लागि सेन्ट्रल बजार संचालनमा ल्याईएको थियो ।