नेकपा एमाले शाखा कमिटी विराटनगर महानगर ११ को रक्तदान र होली मिलन कार्यक्रम

<span class='c1'>नेकपा एमाले शाखा कमिटी विराटनगर महानगर ११</span> <span class='c2'>को रक्तदान र होली मिलन कार्यक्रम</span>

विराटनगर । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ग्रासरुट अभियान अन्तर्गत विराटनगर महानगरपालिका-११ शाखा कमिटिले विविध कार्यक्रम गरी मनाएको छ ।

अभियान अन्तर्गत शनिबार विराटनगर संगम पाटी प्यालेसमा आयोजित कार्यक्रममा रक्तदानदेखी होली मिलन कार्यक्रम समेत गरेको छ ।

कार्यक्रममा ३० जनाले रक्तदान गरेको वडा ११ शाखा कमिटि अध्यक्ष ममता प्रधानले जानकारी दिए । साथै नेकपा एमालेको केन्द्रिय सर्कुलर कार्यक्रम अनुसार कार्यकर्ताहरुलाई ‘मिसन ग्रासरुट अभियान ’संचालन गरिएको थियो ।

कार्यक्रममा पार्टी पोलिटव्यूरो सदस्य विशाल भट्टराईले प्रशिक्षण दिएका थिए । कार्यक्रममा नेकपा एमाले प्रदेश कमिटि सदस्य सरस्वती खरेल, महानगर कमिटि अध्यक्ष सागर थापा शुभकामना मन्तव्य राखेका थिए । यसैविच कमिटीले आउदै गरेको होली समेत एक अर्कामा शुभकामना दिदै होली मिलन कार्यक्रम गरिएको कमिटि अध्यक्ष प्रधानले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्