जेसीज विराटनगर रन सम्पन्न

जेसीज विराटनगर रन सम्पन्न

विराटनगर । विराटनगर जेसीज स्थापना भएको ५० वर्ष पुगेको अवसरमा जेसीज विराटनगर रन कार्यक्रम सम्पन्न भएको छ ।

वर्ण जयन्ती जेसीज सप्ताहको अवसरमा विराटनगर तिनपैनीबाट सुरु भएको रन कार्यक्रम जिल्ला प्रशासन कार्यालय गोल्छा चोक हुँदै पुनः तीनपैनीमा पुगेर सम्पन्न भएको थियो ।

प्रतियोगितामा सहभागी हुने विराटनगर र बाहिबाटसमेत खेलाडीहरु आएका थिए । चार सय ६१ जना सहभागी मध्ये पुरुष तर्फ ओसन राई प्रथम, अमर यादव दोश्रो, राहुल रोय तेस्रो, सन्तोष चौथो, अमित बहरदार पाचौं र बिपिन चौधरी छैटौं भएका थिए यस्तै महिला तर्फ अंशु मण्डल प्रथम, अमृता राजबंशी दोश्रो र समीक्षा डंगोल तेस्रो भएका थिए । प्रतियोगितामा विजयी खेलाडीहरुलाई स्टडी स्क्वायर एजुकेसन एड्भाइजरको तर्फबाट नगद पुरस्कार र गिफ्ट ह्याम्पर प्रदान गरिएको थियो ।


समारोहमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले खेलको माध्यमबाट युवाहरूलाई जोड्दै स्वस्थ समाज निर्माणमा अघि बढ्नु पर्ने बताए । उनले युवाहरुलाई सही मार्गमा अगाडि बढाउने कार्य गर्दै आएको जेसीज धन्यवादको पात्र भएको भन्दै देशभर १८ देखि ४० वर्ष उमेर समूहका उर्जावान युवाहरु आवद्ध संस्थाले युवाको नेतृत्व विकासमा गरिरहेको कामलाई आफूहरुले नियालीरहेको बताए ।

विराटनगर जेसीजका अध्यक्ष अभिनास थापाले ५० बर्षको गरिमा बोकेको जेसीजको अध्यक्षका रुपमा रहदै गर्दा विराटनगर रनलाई स्वास्थ्यका लागि दौड भन्ने नाराका साथ अघि बढाइएको र आगामी दिनमा अझ बढी भब्य र विराटनगरको सबैभन्दा ठुलो इभेन्टका रुपमा यो कार्यक्रमलाई अघि बढाउन आफ्नो टिम लागेको बताउदै कार्यक्रममा व्यापक उपस्थिति प्रती सबैलाई धन्यवाद व्यक्त गरे ।

कार्यक्रममा प्रमुख अतिथि मन्त्री मोदी, प्रदेश सभा सदस्य अमृत अर्याल, गयानन्द मण्डल, प्रमुख जिल्ला अधिकारी तिर्थराज भट्टराई, मोरङका एसपी दिपक पोखरेल, उधोग परिसंघ कोशीका अध्यक्ष भीम घिमिरे, लायन्सका नेता राजन खत्री, लिला ढुङ्गेललगायतको उपस्थिति थियो ।

समाजसँग जेसीज जोड्ने अभियान स्वरुप कार्यक्रम आयोजना गरिएको कार्यक्रमका संयोजक प्रवेश दुलालले बताए । स्वर्ण जयन्ती समारोह समितिका संयोजक गोपाल गुप्ताले ५० वर्ष पुगेको अवसरमा आयोजना गरिएको कार्यक्रमले सबै क्षेत्रलाई समेट्ने गरि विविध कार्यक्रम गरेको बताए। जेसीज सप्ताह कार्यक्रम संयोजक तुलसी निरौलाले आगामी वर्षदेखि कार्यक्रमलाई अझ विशेष बनाइने बताए । नेपाल जेसीजका पूर्व राष्ट्रिय अध्यक्ष फूलकुमार लालवानीले कार्यक्रमले उत्साह थपेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्