प्रहरीले भन्यो होलीमा महिलालाई ‘छेडखानी’ गरे कारवाही

प्रहरीले भन्यो होलीमा महिलालाई ‘छेडखानी’  गरे कारवाही

विराटनगर । होली पर्वलाई मर्यादित, भयरहित बनाउन जिल्ला प्रहरी कार्यालय मोरङले अनुरोध गरेको छ । बालबालिका, ज्येष्ठ नागरिक र महिलाहरुलाई सम्मान गर्न प्रहरीले आग्रह गरेको हो ।

जर्बरजस्ती रङ्ग लगाउने र महिलालाई छेडखानी गर्ने काम अमर्यादित हुने भएकोले त्यस्तो गर्ने विरुद्ध प्रहरीले कारवाही गर्ने चेतावनी दिइएको छ । मोरङका प्रहरी उपरीक्षक दिपक पोखरेलले नशालु पदार्थ सेवन गर्ने, यस्तो अवस्थामा सवारी साधन चलाएर हिड्ने कार्यलाई कडाई गरिने दावी गरेका छन् ।

यसैगरी होलीमा फोहोरजन्य वस्तुको प्रयोग गर्ने वा उमङ्ग र उत्साहको नाममा जथाभावी गर्ने कार्य नगर्न समेत अनुरोध गरिएको छ । कुनै पनि अवस्थामा शान्ति सुरक्षामा असर पार्ने काम नगर्न र कुनैपनि अवस्थामा सुरक्षा संवेदनशीलतालाई ख्याल नगरेको अवस्थामा प्रहरीले कारवाही गर्ने चेतावनी दिइएको छ ।

प्रहरीले सुरक्षाका लागि सादा पोशाक र मोबाइल गस्ती परिचालन गरेको र कहिं कतै अमर्यादित होली पर्व मनाउने कार्य भएको देखे खबर गर्न आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्