विराटनगरमा अन्तर स्कुल महिला क्रिकेट : सरस्वती,महेन्द्र र लक्ष्मी स्कुल विजयी

विराटनगरमा अन्तर स्कुल महिला क्रिकेट : सरस्वती,महेन्द्र र लक्ष्मी स्कुल विजयी

विराटनगर । प्रथम विराटनगर हव अन्तर स्कुल महिला क्रिकेट प्रतियोगिता शनिबारदेखि विराटनगरमा शुरु भएको छ ।

नेपाल क्रिकेट फाउण्डेसनको आयोजनामा म्यारिलिबोन क्रिकेट फाउण्डेसन र क्रिकेट विथआउट बाउण्ड्रीको सहयोगमा विराटनगरमा पहिलो पटक अन्तर स्कुल महिला क्रिकेट प्रतियोगिता भएको हो ।

विराटनगर ६ केशलिया रोडमा रहेको मेल्वन विराटनगर ज्वाला क्रिकेट खेलमैदानमा भएको खेलमा सरस्वती स्कूल, महेन्द्र र लक्ष्मी स्कुल विजयी भएका छन् ।

पहिलो खेलमा सरस्वतीले आर्दश स्कूललाई ६ विकेटले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको आदर्शले निर्धारित १० ओभरको खेलमा २ विकेट गुमाई ६६ रनको बनाएको थियो । जस्मा करुना राजवंशीले सर्वाधिक नटआउट २० रनको योगदान दिइन् । सरस्वतीकी चाँदनी यादवले १ विकेट लिइन् ।

६७ रनको विजयी लक्ष्य पछ्याएको सरस्वतीले ८ दशमलव ५ बलमा ४ विकेट गुमाई लक्ष्य भेट्टाएको थियो । विमेन अफ म्याच पुर्णिमा राजवंशीले नटआउट १३ रनको योगदान दिएकी थिइन् । आदर्शकी अन्जली यादवले २ विकेट लिइन् ।

दोस्रो खेलमा महेन्द्र स्कुलले बालिका स्कूललाई १७ रनले पराजित गरेका छ । टस जितेर ब्याटिङ गरेको महेन्द्रले निर्धारित १२ ओभरमा ३ विकेट गुमाई १ सय १२ रन बनाएको थियो । जस्मा विमेन अफ द म्याच शिना सहनीले ३८ रनको योगदान दिएकी थिइन् । बालिकाकी रचना उराँव र पिंकी राजवंशीले १-१ विकेट लिइन् ।

१ सय १३ रनको लक्ष्य पछ्याएको बालिकाले निर्धारित ओभरमा ४ विकेट गुमाई ९५ रन मात्र जोड्न सक्यो । जसमा सकुन्तला राजवंशीले सर्वाधिक १० रनको योगदान दिइन् । महेन्द्रकी भुमीका चाजवंशीले २ विकेट लिइन् ।

तेस्रो खेलमा लक्ष्मी स्कुल जहदाले आर्दश स्कुललाई १० विकेटले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको आदर्शले १२ ओभरमा २ विकेट गुमाई ८९ रन बनाएको छ । जस्मा दिपिका आदवले नटआउट १० रनको योगदान दिइन् । जहदाकी सुस्मीता राजवंशीले १ विकेट लिइन् ।

९० रनको विजयी लक्ष्य पाएको जहदाले ८ दशमलव ४ बलमा विना विकेटको नोक्सानीमा सो विजयी लक्ष्य पार गरेको हो । जस्मा विमेन अफ दम्याच जहदाकी बन्दना राजवंशीले नटआउट २६ लरन र खुशी राजवंशीले नटआउट २१ रनको योगदान दिइन् ।

तीन दिनसम्म संचालन हुने प्रतियोगितामा विराटनगर र मोरङको जहदा गाउँपालिका भित्र रहेका ६ वटा सामुदायिक विद्यालयका महिला खेलाडीहरुको सहभागि रहेको फाउण्डेशनका अध्यक्ष अविशेक श्रेष्ठ जानकारी दिए ।

प्रथम विराटनगर हव अन्तर स्कूल महिला त्रिकेट प्रतियोगिताको प्रवद्र्धन विराटनगर महानगरपालिकाले गर्ने छ ।

प्रतियोगितामा सहभागि हुने टिमलाई कुनै पनि शुल्क लाग्ने छैन । प्रतियोगितामा बेस्ट ब्याटर, बेस्ट बलर, प्लेयर अफ द स्कोर, बेस्ट विकेट किपर, उदयमान खेलाडिलाई फाउण्डेसनले एक वर्षको छात्रवृत्ति प्रदान गर्ने भएको छ ।

प्रतियोगिता सम्पन्न गर्न करिब १ लाख ५० हजार रुपैयाँ खर्च हुने आयोजकले अपेक्षा राखेको छ ।

महिला क्रिकेट खेलाडीहरु उत्पादन गर्ने उद्देश्यले यो प्रतियोगिता आयोजना गरिएको अध्यक्ष श्रेष्ठले बताए । ‘केटाहरुले मात्र क्रिकेट प्रतियोगिता खेल्नुर्छ भन्ने हाम्रो समाजमा मान्यता रहेको छ । यसलाई तोड्दै महिला क्रिकेट खेलाडी उत्पादन गर्दै खेलकुद क्षेत्रको विकास गर्ने हाम्रो उद्देश्य हो,’ उनले भने, ‘त्यसैले महिला क्रिकेट प्रतियोगिता आयोजना गरिएको हो ।’ महिला क्रिकेट खेलाडी उत्पादन गर्न विद्यालयस्तरदेखि फाउन्डेसन लागि परेको उनले बताए ।

करिब ६ महिना अगाडीदेखि विराटनगर र जहदाका २० वटा सामुदायिक विद्यालयहरुमा दक्ष प्रशिक्षक पठाएर महिला खेलाडी उत्पादनमा लागि परेको उनले बताए । ‘क्रिकेट खेलमा महिला खेलाडी उत्पादनको लागि हामीले लामो समयदेखि लागि परेका थियौं,’ उनले भने, ‘सामुदायिक विद्यालयहरुमा कोच पढायौं र त्यहाँ इच्छुक खेलाडीहरुलाई प्रशिक्षण गराएपछि अहिले क्रिकेट खेलाडी उत्पादन गरेका छौं । खेलाडी उत्पादन गरेपछि अहिले महिला क्रिकेट प्रतियोगितका आयोजना गरिएको हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्