विराट गोल्डकपको टिकट बिक्रि खुला: खल्ती एपबाट खरिद गर्न सकिने

<span class='c1'>विराट गोल्डकपको टिकट बिक्रि खुला:</span> <span class='c2'>खल्ती एपबाट खरिद गर्न सकिने</span>

विराटनगर । आगामी चैत ९ गतेदेखि हुने 'विराट गोल्डकप'को टिकट बिक्रि खुला गरिएको छ।

विराटनगरको शहीद रंगशालामा आगामी चैत ९ गतेदेखि आयोजना हुने गोल्डकपको टिकट 'खल्ती' एपबाट खरिद गर्न सकिने भएको छ ।

प्रतियोगिताको तयारी तीब्र पारिएका बेला 'खल्ती' एप गोल्डकपसँग जोडिएको हो ।

रातिको समयमा फर्ल्ड लाइटमा हुने प्रतियोगिताका सबै खेलका लागि खल्ती एपले टिकेटिङ पार्टनरको रुपमा जिम्मा लिएको छ । त्यसका लागि आयोजक विराट गोल्डकप ट्रस्ट र खल्ती एपबीच सम्झौता भएको छ । सम्झौता अनुसार खल्तीबाट टिकट बिक्री हुनेछ । दुबै पक्षको सहमति अनुसार सम्झौता रकम भने खुलाईएको छैन ।

नेपाली र विदेशी टिमको सहभागीतामा हुने प्रतियोगिता भव्य बनाउने लक्ष्य राखिएको आयोजकले जनाएको छ ।

प्रतियोगिता सम्पन्न गर्नका लागि अनुमानित २ करोड ५० लाख खर्च लाग्ने आयोजकको भनाई छ । सुरुमा चैत ६ गतेदेखि प्रतियोगिता आयोजना गर्ने गरी आयोजकले तयारी अघि बढाए पनि अखिल नेपाल फुटबल संघ एन्फाले 'ए' डिभिजन लिग आयोजना गर्न लागेकोले ३ दिन पर सरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्