विराटनगरको मेरिल्याण्ड कलेज २१ औं वर्षमा प्रवेश

<span class='c1'>विराटनगरको मेरिल्याण्ड कलेज २१</span> <span class='c2'>औं वर्षमा प्रवेश</span>

विराटनगर । विराटनगर- ७ मा रहेको मेरिल्याण्ड कलेज २१ औं वर्षमा प्रवेश गरेको छ ।

शनिबार कलेजले एक कार्यक्रमबीच वार्षिकोत्सव मनाउँदै पुरस्कार वितरण समेत गरेको छ । हिसान, आन्तरिक परीक्षा एवं खेलकूदका विजेता विद्यार्थीलाई पुरस्कार र प्रमाणपत्र वितरण गरिएको थियो ।

सीए - २०२२ को परीक्षामा सर्वोकृष्ट अङ्कका साथ गोल्ड मेडल ल्याउन सफल पूर्व विद्यार्थी साल अग्रवाललाई नगद पुरस्कार सहित सम्मान गरिएको थियो ।

कलेजका अध्यक्ष गुणराज पोखरेलको अध्यक्षतामा आयोजित कार्यक्रममा उपाध्यक्ष प्राडा. पि.के. भा, मोरङ प्रजिअ तीर्थराज भट्टराई, प्रिन्सिपल लक्ष्मण ढकाल लगायतले अनुशासित विद्यार्थीले लक्ष्य हासिल गर्ने बताए ।

सोही अवसरमा उपाध्यक्ष झाको मातापिताको नाममा स्थापना गरिएको छात्रवृत्ति कलेजका विद्यार्थी प्रिन्स भगत र क्रिस्टिना निरौलालाई प्रदान गरियो ।

कार्यक्रमको प्रमुख अतिथि मोरङ प्रजिअ तीर्थराज भट्टराई, सभापतिमा कलेजका अध्यक्ष गुणराज पोखरेल,कोशी प्रदेशका पूर्व राज्य मन्त्री तथा प्रदेश संसद लिला बल्लभ अधिकारी, नेपाल पत्रकार महासंघ मोरङ शाखाका अध्यक्ष संजिव खनाल, कलेजका उपाध्यक्ष प्राडा. पिके झा र प्रिन्सिपल लक्ष्मण ढकाल लगायतको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्