झुटा आरोपमा लघुवित्तका कर्मचारी पक्राउ गरेको जीवन विकासको गुनासो

<span class='c1'>झुटा आरोपमा लघुवित्तका कर्मचारी पक्राउ</span> <span class='c2'>गरेको जीवन विकासको गुनासो</span>

विराटनगर । मोरङको धनपालथान–४ मा एक समूहले आफ्ना कर्मचारीलाई कुटपिट गरेको भन्दै जीवन विकास लघुवित्त वित्तीय संस्था लि.ले त्यस्तो कार्यप्रति ध्यानाकर्षण भएको जनाएको छ । संस्थाका प्रमुख कार्यकारी अधिकृत संजयकुमार मण्डलले आइतबार पत्रकार सम्मेलन गरेर आक्रमणप्रति निन्दा व्यक्त गरेका हुन् ।

झापा गौरगञ्ज शाखामा कार्यरत फिल्ड कर्मचारी त्रिदेव मण्डल घर आएको बेला हाटबजार गर्ने क्रममा शनिबार स्थानीयको आक्रमणमा परेका थिए । त्यस क्रममा दुईतर्फ झगडा हुँदा एक गर्भवती महिलामाथि हातपात गरेको आरोपमा मण्डललाई मोरङ प्रहरीले पक्राउ गरेको थियो ।
आक्रमणमा परेका कर्मचारीलाई झुटा आरोप लगाएर प्रहरीले पक्राउ गरेको भन्दै संस्थाले यस्तो कार्य नगर्न आग्रह गर्दै तत्काल छोड्नुपर्ने माग गरेको हो ।

प्रहरीले मण्डलसहित अन्य दुईजनालाई समेत पक्राउ गरेको थियो । पक्राउ परेकाहरुलाई सामान्य सोधपुछपछि आइतबार छोडिएको छ । मोरङ प्रहरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक टिकाबहादुर कार्कीले पक्राउ गरेको नभएर के भएको भन्ने विषयमा बुझ्न बोलाइएको दावी गरेका छन् । अहिलेको स्थितिलाई हेरेर तत्काल थप केहि नहोस् भन्नका लागि सुरक्षा प्रदान गरिएको प्रहरीको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्