श्रमिक दिवसमा विराटनगरका दुई जना सौन्दर्यकर्मी सम्मानित

<span class='c1'>श्रमिक दिवसमा विराटनगरका दुई</span> <span class='c2'>जना सौन्दर्यकर्मी सम्मानित</span>

विराटनगर । राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल महानगर कमिटि विराटनगरले ११३ औं अन्तर्राष्ट्रिय महिला श्रमिक दिवसको अवसर पारेर दुई जना ब्यूटिसियनलाई सम्मान गरेको छ ।

राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल विराटनगरका निर्वतमान अध्यक्ष अमिता पोखरेल र खड्की भट्टराईलाइ सम्मान गरिएको हो । सम्मानित व्यक्तिहरुलाई कदर र पत्र र दोसल्ला ओढाएर कार्यक्रमको प्रमुख अतिथि पूर्व सांसद योसदा अधिकारी र सौन्दर्यकर्मी युनियन नेपाल विराटनगरकी अध्यक्ष भली सुब्बा गुरूङ्गले सम्मान गरेकी थिइन् ।

सौन्दर्यकर्मी युनियन नेपाल विराटनगरले होली मिलन कार्यक्रम पनि आयोजना गरेको छ । कार्यक्रम संचालन सौन्दर्यकर्मी युनियन नेपाल विराटनगर महानगरकी सचिब बसन्ती गुरूङ्गले गरेकी थिइन् ।

सौन्दर्यकर्मी युनियन नेपाल विराटनगरकी अध्यक्ष भली सुब्बा गुरूङ्गले सौन्दर्यकर्मी पेशाले महिलाहरुलाई आत्मनिर्भमा ठुलो सहयोग पुगेको बताइन् । उनले ब्यूटिसियन सम्मानित पेशाको रुपमा हेरेर यसलाई मर्यादित र व्यवसायीक रुपमा अगाडी बढ्नु पर्नेमा जोड दिइन् । कार्यक्रममा एसबी नेपालकी अध्यक्ष विष्णु शर्माले महिला भएकै कारण सांस्कृतिक, आर्थिक, शारीरिक एवं मानसिक रुपमा हुने विभेद अन्त्य गरिनुपर्ने बताइन् । महिला हिंसा र विभेदको अन्त्य गरी पीडित महिलालाई क्षतिपूर्ति सहितको न्याय दिलाई महिलाको हक अधिकारको संरक्षण गर्दै नीतिगत कानुनी एवं व्यवहारगत सुधार गरिनुपर्ने उनको भनाई छ ।

कार्यक्रममा राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपालको केन्द्रीय कमिटिकी उपमहासचिब ममता प्रधान, नेपाल टे«ड युनियन महासंघ महिला कमिटि कोशी प्रदेशकी अध्यक्ष डोमा गिरी राई, नेपाल घरेलु तथा साना उद्योग महासंघ मोरङ महिला उद्यम समितिका अध्यक्ष सुनिता छाराङ्ग लगायतको उपस्तिथी रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्