विराटनगरको रविशंकर स्कुलले वार्षिकोत्सव मनायो

विराटनगरको रविशंकर स्कुलले वार्षिकोत्सव मनायो

विराटनगर । विराटनगर २ स्थित श्री श्री रविशंकर विद्या मन्दिरले विभिन्न कार्यक्रम आयोजना गरि १५ औं वार्षिकोत्सव मनाएको छ ।

विद्यालयले शनिबार हाटखोलाको गुरुकुल नाटक घरमा विशेष कार्यक्रम'आनन्द उत्सव'आयोजना गरेर वार्षिकोत्सव मनाएको हो ।

वार्षिकोत्सव मनाउने क्रममा नृत्य, नाटक, रेम्प वाक, मन्टेश्वरी ग्रेजुएशन, कक्षा १० का विद्यार्थी बिदाइ तथा पुरस्कार वितरण आदि कार्यक्रम गरिएको थियो । अभिभावकहरुको बाक्लो उपस्थितिमा आयोजना गरिएको कार्यक्रममा विद्यार्थीहरुले १५ वटा नृत्य, गायन तथा अन्य कलाहरु प्रस्तुतिबाट उनीहरु उत्साहित भएका थिए ।

द आर्ट अफ लिभिङको औपचारिक विद्यालयको रुपमा नेपालमा कक्षा १० सम्म सञ्चालित रविशंकर विद्या मन्दिरले आयोजना गरेको कार्यक्रममा बोल्दै प्रमुख अतिथि खेम नेपालीले विद्यार्थीहरुले लायक बन्ने शिक्षा पाउनु पर्ने बताए । उनले आफ्नो संस्कार र संस्कृति संरक्षण गर्न जोड दिए । शिक्षा इकाइका प्रमुख टंक गौतमले विद्यार्थीहरुले प्रजातान्त्रिक शिक्षाको युगमा व्यवहारिक शिक्षामा जोड दिनुपर्ने बताए ।

सिटिइभिटीका प्रदेश प्रमुख नवराज कोइरालाले इसिडी (अर्ली चाइल्डहुड डेवलपमेन्ट) को विशेषताका बारेमा जानकारी गराएका थिए।

यस्तै प्रिन्सिपल सीमा अग्रवालले कोभिडपछि विद्यालयले गरेको क्रियाकलापहरुका बारेमा जानकारी दिँदै बृटिस काउन्सिलबाट आइएसए अवार्ड प्राप्त गरेको बताइन् ।

उनले रिड विटविन द लायन्सको सहकार्य, वैदिक गणितको सिकाइ सोपान कला प्रदर्शनी र चित्रकला प्रतियोगिता, विद्यालय नाटक महोत्सव मन्चन गरेको बताइन् । विद्यालयले शैक्षिक भ्रमण बनभोज कार्यक्रम आदि आयोजना गरेर विद्यार्थीहरुको वृत्तिविकासमा ध्यान दिएको उनले बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्