विराटनगरमा ट्रयाक्टरको ठक्करबाट साईकल यात्रीको मृत्यु

विराटनगरमा ट्रयाक्टरको ठक्करबाट साईकल यात्रीको मृत्यु

विराटनगर । विराटनगर महानगरपालिका-४ ईक्राई पोखरीचोक स्थितमा ट्रयाक्टरको ठक्करबाट एक जना साईकल यात्रीको मृत्यु भएको छ ।

आइतबार दिउँसो साढे ११ बजे पुर्वबाट पश्चिम तर्फ जादै गरेको को ३ त ८ नम्बरको ट्रयाक्टरले सोही दिशा तर्फ जादै गरेको साईकल यात्रीलाई ठक्कर दिदा घाईते भएका स्थानीय २८ बर्षीया राधा देवी राजबंशीको नोबेल अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

घटना बारेमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

फोटो:फाइल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्