होलीमा प्राकृतिक रंग प्रयोग गर्न चिकित्सकको सुझाव

<span class='c1'>होलीमा प्राकृतिक रंग प्रयोग</span> <span class='c2'>गर्न चिकित्सकको सुझाव</span>

सुजता लिम्बु
विराटनगर । होली पर्व एकअर्कामा रंग लगाएर हर्षोल्लासका साथ मनाउने गरिन्छ । यसको प्राकृतिक, सामाजिक, सांस्कृतिक महत्व छ । बसन्त ऋतुको आगमनसँगै रंगको उत्सव अर्थात होलीलाई पनि प्रकृतिले स्वागत गरिरहेको आभास हुन्छ । शिशिर याममा कठाङ्ग्रिएको जाडोले उजाडिएको बोटविरुवामा नयाँ पालुवा फेर्दै गर्दाको हरियाली पृष्ठभूमिमा मनाइने पर्व होलीले प्रकृतिसँग एकाकार हुनपर्छ भन्ने सन्देश पनि दिन्छ ।

त्यसो त होली पर्वमा ध्यान नपु¥याई रंग खेल्दा पछिल्लो समय बजारमा आउने विविध केमिकल मिसिएको रंगहरुले छाला साथै आँखामा पनि असर पर्ने चिकित्सकहरु बताउछन् । विराट नर्सिङ होमका छाला रोग विशेषज्ञ डा. दिलिप चौधरीले होली खेल्दा प्रयोग हुने रंगले छालालाई मात्रै नभएर शरीरका विभिन्न अंगालाई समेत असर गर्ने बताउछन् ।

बच्चा देखि बुढापाकासम्मले उत्साहका साथ खेल्ने होली पर्व एकअर्कालाई रंग लगाएर मनाइने हुँदा प्राकृतिक रंग नै प्रयोग गर्न सुझाव दिन्छन् ।
‘परापुर्वकाल देखि आएको हो पर्व पहिले प्राकृतिक रंग प्रयोग हुन्थ्यो, पछिल्लो समय केमिकल मिसिएको रंगले छालालाई नकारात्मक असर गर्ने, रंगले छालालाई मात्रै नभएर शरिरको सम्पूर्ण भागलाई नकारात्मक असर गर्छ,’ उनलेभने, रंगको असर लामो समयसम्म हुने हुँदा यसबाट बच्न सकेसम्म रंग प्रयोग गर्दा प्राकृतिक रंग प्रयोग गर्नु राम्रो हुन्छ ।’ उनले रंगको कारण हुने समस्याबाट जोगिनु होली खेल्नु गाडी मस्चराइजर क्रिम, नरिवलको तेल, प्रयोग गर्नुपर्ने सुझाव दिएका छन् ।

‘होली खेल्न जानु अगाडी सनस्कृन क्रिम, नरिवलको तेल प्रयोग गर्दा राम्रो हुने भनाई छ । सनस्कृनले घामबाट बचाउने, उनले भने,‘ टिसर्ट, हाल्पेन्ट लगाएर होली खेल्दा पुरै शरिरलाई असर गर्छ, त्यसैले पुरा बाहुला भएको सुतीको लुगा लगाउँदा शरीरको भागलाई जोगाउछ ।’
भाष्कर आई केयरका वरिष्ठ नेत्र तथा जलबिन्दु रोग विशेषज्ञ डा. भाष्कर झाले बजारमा पाइने रंगहरु कडा, देखि सामान्य अबिर पनि पाइने हुँदा कडा खाल्का रंग आँखामा पर्दा आँखाको एलर्जी हुनसक्ने बताउछन् ।

‘बजारमा पाइने रंग विभिन्न खाल्का हुन्छन्, कुनै कडा सामान्य अबिर हुन्छन्, यस्ता खाल्का रंग आँखामा परे एलर्जी हुन्छ ।’ उनले भने,‘होलीमा तँछाड, मछाड गर्दै खेल्दा आँैलाले आँखा घोँच्ने, आँखामा धुलो पर्ने हुँदा एलर्जी हुन्छ, आँखा रातो हुने लामो समयसम्म कडापन भइरहने समस्या हुनसक्छ ।’

होलीमा रंग खेल्दा सकेसम्म अविरले मात्रै खेल्ने बताउँदै उनले रंग लगाउदा आँखाको भागलाई जोगाउनुपर्नेमा जोड दिए । लोला हानेर होली खेल्दा आँखाको पर्दासम्म असर पर्न सक्ने बताउँदै उनले मान्छेको व्यक्तित्व अनुसार रंगले आँखामा असर पर्ने बताए । ‘रंगले व्यक्ति अनुसार असर गर्छ,’उनले भने,‘सानो बच्चा हुनुहुन्छ भने आँखामा एलर्जी .सुरु हुने र ठूलो मान्छे हुनुहुन्छ भने आँखामा एलर्जी हुने र सुख्खापन बढ्न सक्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्