कटहरीमा सवारी दुर्घटना हुँदा १ जनाको मृत्यु

<span class='c1'>कटहरीमा सवारी दुर्घटना हुँदा</span> <span class='c2'>१ जनाको मृत्यु</span>

विराटनगर । कटहरी गाउँपालिका-७ तकिया रोड स्थित भित्री सडक खण्डमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

सोमबार बिहान ११ बजे उत्तरबाट दक्षिण तर्फ जादै गरेको प्रदेश १-०२-००१ क ३८९ नम्बरको टिफरले बिपरित दिशाबाट आउदै गरेको को २२ प ७८२३ नम्बरको मोटरसाईकललाई ठक्कर दिदा मोटरसाईकल चालक ग्रामथान गाउँपालिका-६ का ३३ बर्षीय पप्पु सहनीको घटना स्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

घटनामा संलग्न ठक्कर दिने टिफर र चालक जिल्ला काभ्रे पाँचखान नगरपालिका-६ का ५९ बर्षीय श्याम बहादुर मगरलाई प्रहरीले नियन्त्रणमा लिई घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

फोटो:फाइल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्