विराटनगर । रोनक फेसन ऐजेन्सीद्वारा आयोजीत कार्यक्रम मिस्टर एण्ड मिस पूर्वाञ्चल सम्पन्न भएको छ ।
कार्यक्रमको पुरुष तर्फको विजेता रमन्नाथ गिरी त्यस्तै महिला तर्फको विजेता स्वस्थीका खरेल भएकी छन् ।
विजेताले एक वर्ष नि:शुल्क इन्टरनेट सेवा, ए.बी ड्राइभिङ्ग स्कुलबाट नि:शुल्क ड्राइभिङ्ग तालिम ३१ हजार नगद पुरस्कार प्राप्त गरेको आर.एफ.ए नेपालका संयोजक रौनक अग्रवालले जानकारी दिए ।
यस्तै पुरुषतर्फ फस्ट रनर अप शुशिल राण, र सेकेण्ड रनर अफ दिलिपराज राजवंशी भएका छन् । महिला तर्फबाट फस्ट रनर अप पुर्णिमा शेर्पा, र सेकेण्ड रनर अफ सुमिरन भईन ।
कार्यक्रमका प्रमुखअतिथि प्रदेश एकका प्रदेशसभा सदस्य केदार कार्की लगायतको सहभागीता रहेको थियो ।