विराटनगर । ११३ औँ अन्तराष्ट्रिय महिला दिवस विराटनरमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइएको छ ।
‘लैङ्गिक समानाताको बलियो आधार सिर्जनात्मक प्रविधिमा महिलाको पहुँच विस्तार’ को नारासहित कोशी प्रदेश सामाजिक विकास मन्त्रालयको आयोजनामा आज (बुधबार) विविध कार्यक्रमको आयोजना गरी मनाइएको हो ।
प्रत्येक मार्च ८ तारिकमा मनाइने नारी दिवस सामाजिक विकास मन्त्रालय अन्तर्गत ११३ औँ अन्तराष्ट्रिय महिला दिवस मूल समारोह समितिको आयोजनामा बिहान प्रभात फेरी सँगै विविध सांस्कृतिक कार्यक्रमको आयोजना गरी मनाइएको थियो । कार्यक्रममा सम्बोधन गर्दै कोशी प्रदेशका सामाजिक विकासमन्त्री बुद्धिकुमार राजभण्डारीले महिलाहरु जागरुकताका साथ आफ्नो सहभागीता जनाउनु पर्नेमा जोड दिएका छन् । आफ्नो अधिकारलाई सुनिश्चित गर्नुपर्नेमा जोड दिँदै उनले हेपिन्छ भन्ने कुरालाई अन्त्य गरेर हिँड्न सके मात्रै महिला दिवस मनाएको सार्थकता हुने बताए ।
यस्तै कार्यक्रममा कोशी प्रदेशका उपसभामुख सृजना दनवारले दिवस मनाइरहँदा प्रविधि बुझ्न नसकेको महिलाहरु माझ लिएर जानु जारुरी रहेको बताइन् ।
यस्तै प्रजातन्त्र दिवसको अवसरमा आयोजना गरिएको वक्तित्वकला कार्यक्रममा छनौट भएको विद्यार्थीहरुलाई पुरस्कार वितरण समेत गरिएको थियो ।
कार्यक्रममा विराटनगर महानगरपालिकाका उपप्रमुख शिल्पा निरौला कार्की, जिल्ला प्रशासन कार्यालय मोरङका प्रमुख जिल्ला अधिकारी तिर्थराज भट्टराई लगायतले आफ्नो धारणा राखेका थिए ।