विराटनगरका विद्यालयमा ‘हेडमीस’

विराटनगरका विद्यालयमा ‘हेडमीस’

विराटनगर । विराटनगर–५ मा रहेको विराट बहिरा आवसिय माध्यमिक प्रदेशस्तरमै फरक क्षमता भएका विद्यार्थी अध्ययन गराउने विद्यालय हो । विद्यालयमा १–१२ कक्षा अन्तर्गत ९–१२ मा प्राविधिक धार अन्तर्गते सिभिल इन्जिनियरिङ्गको पढाई २०७२ सालदेखि सुरु भएको छ । यो विद्यालयबाट बहिरा र सुस्तश्रवण भएका १५ जना विद्यार्थीले यसवर्ष सिभिल इन्जिनियरिङ्गतर्फको कक्षा १२ उत्तिर्ण गरे । देशभरका २२ जिल्लाबाट २३२ जना विद्यार्थी अध्ययन गर्दै आएको विराट बहिरा मा.वि.मा मीनु अधिकारीले २०६८ सालदेखि प्रध्यानाध्यापकको जिम्मेवारी सम्हाल्दै आउनु भएको छ ।

विराटनगर महानगरपालिका भित्रका केहि विद्यालय महिला प्रध्यानाध्यापकले सम्हाल्दै आउनु भएको छ । व्यवस्थापनमा असजिलो र अफ्ठ्यारो भएका यस्ता विद्यालय महिलाको जिम्मेवारीमा छन् । जसको सञ्चालन कठिन र जटिल भएपनि सहजै चुनौतीसँग सामना गर्ने क्षमता महिला प्रध्यानाध्यपकमा छ ।

‘सजिलो र अफ्ठ्यारो दुवै छन्’ विराट बहिरा आवासिय विद्यालय प्रअ अधिकारीले भन्नुभयो–जागिर खान भन्दा सेवा गर्ने मनसाय राखेर यहाँ आउनुपर्छ । विद्यालयको छात्रावासमा २१० जना विद्यार्थी आवासीय छन् । उनीहरुको दैनिकी व्यवस्थापन, छात्रा र छात्रबीचको हेलमेल र अन्तघुलनको सन्तुलन मिलाउन घरको काम बिर्सनु पर्ने चुनौती रहेको प्रअ अधिकारीको भनाई छ । छात्रावासमा बस्ने बालबालिकाको रेखदेखमा विशेष सतकर्ता अपनाउनु पर्ने भएकोले १० जना कमचारी विद्यालयको आन्तरिक स्रोतबाट राखिएको छ । विद्यालयमा शिक्षक र प्रशिक्षक गरेर २२ जना हुनुहुन्छ ।

प्रअ अधिकारीका अनुसार फरक क्षमता भएका विद्यार्थीका लागि सरकारले प्रतिमहिना चारहजार छात्रवृत्ति उपलब्ध गराउँदै आएको छ । त्यस बाहेक विद्यालयको भौतिक संरचना निर्माण छात्र–छात्रा आवासिय भवन निर्माणका लागि प्रअको हैसियतमा अधिकारीले दाता र स्थानीय तहसँग सहयोग लिन सफल हुनु भएको छ ।
विराट महेन्द्र रात्री माध्यमिक विद्यालय पूर्व प्रअ निरौलाको अनुभव पनि उस्तै छ । विद्यालयको सेवा क्षेत्र फरक छ । औद्योगिक करिडोर अन्तर्गतका विराटनगर, कटहरी, बुढीगंगा र सुनसरीको दुहबीसम्मका विद्यार्थी अध्ययनरत विद्यालयलाई विशेष दृष्टिकोणले सम्हाल्नु परेको उहाँको बुझाई छ । आवश्यकता बुझ्न नसक्दा रात्रीकालिन पढाईबाट छात्राहरु बन्चित हुँदै गएका छन् । छात्राहरुलाई राती घरघरमा छोड्ने यातायातको सुविधा दिन जरुरी रहेपनि त्यसको मर्म बुझन् व्यवस्थापन समिति, शिक्षक र स्थानीय तह गम्भीर नुहँदा छात्राहरुलाई समस्या रहेको उहाँ बताउनुहुन्छ । समस्याग्रस्त विद्यालय सम्हाल्ने जिम्मेवारी महिलाले लिएको भन्ने मर्म बुझ्न नसक्दा दैनिक आवश्यकता धान्न समस्या झेल्नु परेको हेड मिसहरुको भनाई छ ।

पढाई श्रृंखला टुटाएर विभिन्न घटनामा संलग्न बालबिज्याँई आररोपमा बाल सुधार गृहमा बसेका बालबालिका विराटनगर–३ स्थित बाल सुधार गृह माध्यमिक विद्यालयमा पढ्दै आएका छन् । यस्ता बालबालिका २०० को हाराहारीमा अध्ययनरत विद्यालयको प्रध्यानाध्यापकमा फूलमाया प्रसाँई महिलालाई धेरै समस्या रहेपनि सम्हाल्ने क्षमतामा रक्तिभर कमजोरी हुन नदिएको दावी गर्नुहुन्छ । सञ्चालन र व्यवस्थापनमा चुनौती रहेको बाल सुधार माध्यमिकका बालबालिकालाई पढाईमा लगाउन कठिनाई झेल्दै आउनु भएको छ । तीनवर्ष अगाडीदेखि सञ्चालनमा आएको विद्यालयमा कक्षा ४–१० सम्म अध्ययनअध्यापन हुने गरेको छ । बालबिज्याँईमा परेका बालबालिकाको शैक्षिक गुणस्तर उकास्न कठिनाई भएपनि शिक्षाको महत्व बुझाउँदै पढाई मनोविज्ञानको विकास गर्नुपर्ने अवस्था रहेको उहाँले बताउनुभयो । यस्ता बालबालिकालाई औपचारिक भन्दा सीपमुलक शिक्षाको आवश्यकता रहेको उहाँको बुझाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्