मोरङ क्याम्पस विराटनगरमा अखिल (क्रान्तिकारी)को उम्मेदवारी घोषणा

मोरङ क्याम्पस विराटनगरमा अखिल (क्रान्तिकारी)को उम्मेदवारी घोषणा

विराटनगर । अखिल (क्रान्तिकारी)ले महेन्द्र मोरङ क्याम्पस विराटनगरमा स्ववियु निर्वाचनका लागि उम्मेदवारी घोषणा गरेको छ ।
बुधबार पत्रकार सम्मेलनको आयोजना गर्दै अखिल क्रान्तिकारीले स्ववियु निर्वाचनका लागि उम्मेदवारी घोषणा गरेको हो ।

स्ववियु निर्वाचन आगामी चैत्र ५ गते हुँदैछ । सोही अनुसार अखिल क्रन्तिकारीले सभापतिमा रोहित यादव (विकास) र सचिवमा आशिका लम्साललाई उमेदवार बनाउने भएको छ । कोषाध्यक्ष र सदस्यको उम्मेदारी केही दिनपछि घोषणा गर्ने तयारी रहेको क्रान्तिकारी महेन्द्र मोरङ बुहमुखी क्याम्पस इकाई कमिटीका इन्चार्ज अभिमन्यु यादवले जानकारी दिए ।

उम्मेदवारी घोषणा कार्यक्रममा बोल्दै नेकपा माओवादी केन्द्रका कोशी प्रदेश सदस्य देवा यादवले अन्य पार्टीमा साझेदारी गरेर चुनाव लड्ने बजार हल्ला रहेको बताए । उनले निर्वाचनमा एक्लै भिड्ने र चुनाव जितेर देखाउने बताए । उनले सचिव र सभापतिका उम्मेदवार नै बलियो उम्मेदवारी रहेको उनले दाबी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्