‘लक’ लगाउँदै विराटनगरमा गुड्छ ट्राफिक सिटी

‘लक’ लगाउँदै विराटनगरमा गुड्छ ट्राफिक सिटी

विराटनगर । विराटनगरमा अहिले एउटा सिटी गुड्छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङको सिटी गस्ती शहरका सबै गल्लीमा पुगिरहेको हुन्छ । सडक पार्किङ निषेध क्षेत्रमा कुनै सवारी रोकेर राखेको भए तुरुन्तै लक लगाएर फर्कन्छ ।

एक पटक लक लगाउँदै पुग्छ, अर्को पटक लक खोल्न । जिल्ला ट्राफिक प्रहरी कार्यालयको यो सिटी ट्राफिकिङ्गले गाडीमा लक मात्रै लगाई रहेको छैन । पार्किङ निषेध गरेको क्षेत्रमा सवारी रोक्नुहुन्न भन्ने सन्देश समेत दिने गरेको छ । ट्राफिक प्रहरी कार्यालय मोरङका प्रहरी निरीक्षक सुनिलकुमार श्रेष्ठका अनुसार दैनिक ३० भन्दा बढी दुई पाङ्ग्रे तथा चार पाङग्रे सवारीमा लक लाग्दै आएको छ । निषेध गरिएको सडकमा रोकिएका सवारीलाई लक लगाउने कार्यले चालकलाई समेत सचेत गराएको छ ।

यसरी सडकमा पार्किङ गरिएको स्थानमा रोकिएको सवारीमा लक लाने खोल्नका लागि मोटरसाइकललाई एक हजार र सिटीलाई ५०० जरिवाना बुझाउनुपर्छ ।

कागजात माग्न नभेटेमा अन्य जरिवाना समेत भराउने गरिएको छ । ट्राफिक प्रहरी प्रमुख श्रेष्ठका अनुसार सवारी आवागमनलाई सहज बनाउँदै हिड्ने टोलिले सडकमा रोकिएका साधनलाई नियन्त्रण गर्नका लागि लक लगाउने काम गर्दछ । ट्राफिक प्रहरीले मंगलबार होलिको दिनमात्रै मोरङमा ३७३ मोटरसाइकललाई होल्ड गरेको छ । जसमध्ये ९५ सवारीका चालक मादक पदार्थ सेवन गरेका भेटिएका थिए । उनीहरुलाई एक हजार रुपिँया बुझाएपछि सवारी फिर्ता दिने काम धमाधम भईरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्