मिस कोशीको फस्ट रनरअप मुना लिम्बुको उपाधि ‘पदच्यूत’

मिस कोशीको फस्ट रनरअप मुना लिम्बुको उपाधि ‘पदच्यूत’

विराटनगर । सातौँ संस्करणको मिस कोशी २०२२ प्रतियोगितामा फस्ट रनरअप भएकी धनकुटाकी मुना लिम्बुको उपाधि डिथ्रोन (पदच्यूत) गरिएको छ ।

लिम्बुको फस्ट रनअपको उपाधि डिथ्रोन गरी सेकेण्ड रनरअप भएकी सुनसरीको दुहबीकी सृजना लुईटेललाई दिएको आयोजक जय मिडिया मेनेजमेन्ट प्रालिका अध्यक्ष जयराज रायले जानकारीले दिए ।

लिम्बुले सम्झौता उल्लंघन गरेको पाइएपछि फस्ट रनरअपको उपाधी बाट डिथ्रोन गरिएको अध्यक्ष रायले बताए । प्रतियोगिताको बिजेताहरुबीच आयोजक संस्थाको एक वर्षसम्म सम्झौता हुने गरेको छ ।

उक्त सम्झौता उल्लघंन गरे आयोजक संस्थालाई उपाधीबाट डिथ्रोन गर्ने अधिकार हुने गरेको छ । सोही अनुसार लिम्बुको उपाधि पदच्यूत गरिएको आयोजकले बुधबार प्रेस विज्ञाप्ती जारी गरी जानकारी गराएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्